अवैध रुपमा भारतबाट ल्याइएको १ लाख मूल्य बराबरको औषधि बरामद | Khabarhub Khabarhub

अवैध रुपमा भारतबाट ल्याइएको १ लाख मूल्य बराबरको औषधि बरामद


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महाराजगञ्ज– कपिलवस्तु प्रहरीले भारतबाट अवैध रुपमा ल्याइएको औषधि बरामद गरेको छ । जिल्लाको  महाराजगञ्ज नगरपालिका वडा नं ७ स्थित सतभरामा अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याइँदै गरेको औषधि बरामद गरिएको हो ।

शनिबार राति लुकाएर भारतबाट नेपाल ल्याइँदै गरेको १ लाख मूल्य बराबरको दुई बोरा औषधि सतभराका बासिन्दाले समातेर प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयवासीले नजीकैको बगैँचामा अपरिचित व्यक्ति देखेपछि सोधपुछ गर्दा ती औषधि छाडेर भागेको स्थानीयवासी रामेश यादवले बताए । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले आज उक्त स्थानमा पुगेर स्थानीयवासीसँग जानकारी लिई घटनाको अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।

दुई देशबीच सीमा बन्द भएको अवस्थाको फाइदा उठाएर औषधि अवैध रुपमा भित्र्याउन खोजिएको महाराजगञ्ज –७ का वडाध्यक्ष अब्दुल समाद मुसलमानले बताए ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ६ : २१ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को