कोरोना भाइरस: ह्यारी पोटर उपन्यासकी लेखिकाद्वारा १० लाख पाउन्ड दान | Khabarhub Khabarhub

कोरोना भाइरस: ह्यारी पोटर उपन्यासकी लेखिकाद्वारा १० लाख पाउन्ड दान


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनका बेला जोखिममा रहेका मानिसहरूलाई सहयोग गर्दै आएका परोपकारी संस्थाहरूलाई लोकप्रिय उपन्यास ‘ह्यारी पोटर’की लेखिका जेके रोलिङले १० लाख पाउन्ड दान दिने भएकी छन्।

त्यसमध्ये आधा रकम घरविहीन मानिसहरूलाई सहयोग गर्ने संस्था र आधा घरेलु दुर्व्यवहारका पीडित महिलाहरूलाई सहयोग गर्ने संस्थालाई दिइने छ।

उपन्यासको एउटा महत्त्वपूर्ण दिनको सन्दर्भ पारेर रोलिङले सामाजिक सञ्जाल ट्विटरमार्फत् त्यस्तो घोषणा गरेकी हुन्।

शनिवार उनको उपन्यासमा उल्लेख गरिएको एउटा प्रमुख घटनाको वार्षिकोत्सव थियो।

ट्विटरमा शनिवार उनले लेखेकी छन्, “ब्याटल अफ हगवार्ट्सको आज २२औ वार्षिकोत्सव हो। तर म इमान्दारीसाथ भन्न चाहन्छु कि काल्पनिक मृत्युका बारेमा कुरा गर्नु अनुचित हुन्छ।”

उपन्यासको उक्त घटना एउटा युद्धबारे हो र त्यसमा धेरै मारिएका थिए।

रोलिङले भनिन्, “वास्तविक संसारमा धेरैले आफ्ना प्रियजनहरू गुमाइरहेका छन्।”

एडिन्बरामा बस्दै गरेका बेला ह्यारी पोटरका धेरै कथाहरू लेखेकी रोलिङका अनुसार घरविहीन कैयौँ असुरक्षित वा दुर्व्यवहार सहन बाध्य मानिसहरू यो बेला चरम दु:ख पाइरहेका छन् र उनी तिनलाई सहयोग गर्न चाहन्छिन्।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  २ : १३ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन