किन उस्तै लाग्छन् रामबाबुका हरेक फिल्म ? | Khabarhub Khabarhub

किन उस्तै लाग्छन् रामबाबुका हरेक फिल्म ?


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘कबड्डी’ निर्देशन गरेपछि निर्देशक रामबाबु गुरुङ एकाएक चर्चामा आए । एक सामान्य कथामा उनले देखाएको निर्दशकीय क्षमताले चर्चा कमायो ।

फिल्मवृत्तमा गुरुङको निर्देशकीय क्षमताको तारिफ भयो । तर, पछिल्लो समय भने उनको निर्देशनमा नयाँपन नदेखिएको भन्दै विरोध हुन थालेको छ । गतवर्ष गुरुङले निर्देशन गरेको फिल्म ‘कबड्डी ३’ ले राम्रो चर्चा कमायो । अर्को फिल्म ‘सेन्टी भाइरस’ ले भने न दर्शकको साथ पाउन सक्यो, न त फिल्मलाई समीक्षकले नै मन पराए ।

उही सूत्र निरन्तर प्रयोग गर्दा निर्देशक गुरुङ असफल हुँदै गएका छन् । ‘कबड्डी’ सिरिजले बाहेक अरु फिल्मले आशा गरिएअनुरुप प्रतिक्रिया पाउन सकेका छैनन् । उस्तै फिल्म मात्र होइन, रामबाबु गुरुङले आफ्ना फिल्ममा कलाकार पनि उनै दोहोर्‍याउँछन् ।

‘कबड्डी’ टिमका कलाकार नै अरु फिल्ममा देख्न सकिन्छ । पछिल्लो फिल्म ‘सेन्टी भाइरस’ मा पनि उनै कलाकार दोहोरिएका थिए । ‘साँइली’ मा पनि प्रायः उनै कलाकार देख्न सकिन्छ ।

हरेक फिल्ममा उनै कलाकारलाई अभिनय गराउनु र उस्तै फिल्म बनाउँदा निर्देशक गुरुङलाई दर्शकले शंका गर्न थालेका छन् । भोलिका दिनमा फरक कथामा पनि फिल्म उनेर केही पृथकता दिन सकेनन् भने गुरुङ पनि अरु कलाकारभन्दा फरक नहुने भन्दै दर्शकले टिप्पणी गर्न थालेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १० : ४२ बजे

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी– अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको

एलोन मस्कले गरे भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय