ऋषि कपूरको निधनपछि पत्नी नीतुले लेखिन्- 'हाम्रो कहानी सकियो' | Khabarhub Khabarhub

ऋषि कपूरको निधनपछि पत्नी नीतुले लेखिन्- ‘हाम्रो कहानी सकियो’


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउडका अभिनेता ऋषि कपुरको निधनले भारतीय सिनेमा क्षेत्र शोकमग्न छ।

असमायिक निधनले कपुर परिवार निकै दुःखी छ। ऋषि कपुरको निधनपछि उनकी श्रीमती नीतु कपुरले सामाजिक सञ्जालमा पोस्ट गर्दै श्रद्धाञ्जली अर्पण गरेकी छन्।

नीतुले ऋषि कपुरको फोटो सेयर गर्दै एकदमै थोरै शब्दमा धेरै पीड पोखेकी छिन्- ‘हाम्रो कहानी सकियो ।’

उनको यो पोस्टले धेरैलाई भावुक बनाएको छ। नितुको पोष्टमा सेलेब्रेटी तथा फ्यानहरूले सान्त्वना दिएका छन् ।

बलिउड कलाकारले स्वर्गीय कपूरको आत्माको चीर शान्तिको कामना गरेका छन् ।

अभिनेता कपुरको बिहिबार मुम्बईको एक अस्पतालमा निधन भएको हो। थोरै मानिसहरुको उपस्थितिमा बिहिबार दिउसोनै मुम्बईमा उनको दाहसंस्कार गरियो।

अन्तिम संस्कारमा आफन्त लगायत रणबीर कपुरकी प्रेमिका आलिया भट्ट पनि उपस्थित थिइन्। दिवंगत अभिनेता ऋषि कपुरका सबै आफन्त अन्तिम भेटका लागि उस्थित थिए। तर, रणबीरकी बहिनी रिद्धिमा कपुरले भने आफ्ना पितासँग अन्तिम दर्शन गर्न पाइनन्।

दिल्लीमा रहेकी उनले लकडाउनले गर्दा अन्तिम विदाईमा सहभागी भएकी थिइनन्। मुम्बई पुग्नु अगावै अन्त्येष्टि गरिने भएपछि उनले भिडियो कल मार्फत नै भएपनि आफ्ना पिताको अन्तिम दर्शन गरिन्। आलिया भट्ट रिद्धिमासँग कलमा जोडिएकी थिइन्।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ९ : ०९ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने