प्रदेश नं २ मा २ हजार ४१० स्वाबको नमूना सङ्कलन | Khabarhub Khabarhub

प्रदेश नं २ मा २ हजार ४१० स्वाबको नमूना सङ्कलन


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- प्रदेश नं २ मा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वाबको नमूना सङ्कलन निरन्तररूपमा भइरहेको छ ।

यस प्रदेशमा शनिबार मध्याह्नसम्ममा दुई हजार ४१० को स्वाबको नमूना सङ्कलन गरिएको छ । सोमध्ये एक हजार ९१० को परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ भने ५०० जनाको रिपोर्ट आउन बाँकी छ ।

यसअघि कोरोना प्रमाणित भएका १२ मध्ये चार उपचार गराई घर फर्किसकेका छन् भने आठ जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले शनिबार पत्रकार सम्मेलनमा बताए ।

यस प्रदेशमा चौबीस घण्टादेखि आरडिटी परीक्षण गरिएको छैन । यसअघि यस प्रदेशको आठवटै जिल्ला गरी पाँच हजार २२३ को सो परीक्षण गरिएको थियो । प्रदेशमा शनिबारसम्म एक हजार ३०७ क्वारेन्टाइन, चार हजार ५३२ होम क्वारेन्टाइन र २३ जना आइसोलेसनमा बसेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ८ : ३० बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६