कोरोना भाइरस प्रभावितको सहयोगार्थ विश्वकै ठूलो कन्सर्ट आयोजना हुँदै | Khabarhub Khabarhub

कोरोना भाइरस प्रभावितको सहयोगार्थ विश्वकै ठूलो कन्सर्ट आयोजना हुँदै


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसले प्रभावित कलाकारको सहयोगार्थ आज साँझ फेसबुकमार्फत चर्चित सेलिब्रेटीहरुले विश्वकै ठूलो  कन्सर्टको आयोजना गरेका छन् ।

बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जौहर र जोया अख्तरले संयुक्त रुपमा आज बेलुकी ८ बजेदेखि फेसबुकमा सुरू गर्ने लाइभमा विश्वभरका ८५ मुलुकका सेलिब्रेटी जोडिने छन् ।

कन्सर्टमा शाहरुख खान, करिना कपुर, आलिया भट्ट, एआर रहमान, अरजित सिंह, अनुष्का शर्मा, रितिक रोशन, फरहान अख्तर, जावेद अख्तर, माधुरी दीक्षित, विकी कौशल लगायतका कलाकार समावेश हुनेछन् । भारतवाहिरका मुलुकबाट जो जोनस, केभिन जोन्स, ब्रायन एडम्स, निक जोन्स, सोफी टर्नर, लिली सिंह समावेश रहेका छन्।

‘आई फर इन्डिया’ नाम दिइएको यो कन्सर्टबाट संकलन हुने रकम कोरोना भाइरसले प्रभावित कलाकार तथा विपन्न मानिसहरुको सहयोगमा खर्चिने बताइएको छ ।

यो कन्सर्टले ‘गिभ इन्डिया’ को तर्फबाट पैसा जुटाउने छ। ‘गिभ इन्डिया’ २० वर्ष पुरानो डोनेशन प्लेटफर्म हो।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ८ : १५ बजे

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले

कतारी अमिरको भ्रमण : खाली गरियो काठमाडौंको सडक, निजी साधन चलाउन रोक

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी सवार जहाज