खाडीका ६ देशमा कोरोना भाइरसले ३६० मृत्यु, ६४ हजारभन्दा बढी संक्रमित | Khabarhub Khabarhub

खाडीका ६ देशमा कोरोना भाइरसले ३६० मृत्यु, ६४ हजारभन्दा बढी संक्रमित


२१ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ३६० जनाको मृत्यु भएको छ भने ६४ हजार २५२ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै १७६ जनाको मृत्यु भएको छ । त्यहाँ २५ हजार ४५९ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा ११९ जनाको मृत्यु भएको छ भने १३ हजार ५९९ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेत ३३ जनाको मृत्यु भएको छ भने ४ हजार ६१९ जना संक्रमित भएका छन् ।

यस्तै कतार र ओमानमा १२/१२ जनाको मृत्यु भएको छ । ती देशहरुमा क्रमश १४ हजार ८७२ र २ हजार ४१९ संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा ८ जनाको मृत्यु भएको छ । त्यहाँ ३ हजार २८४ जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ७ : १७ बजे

कतारका अमिरलाई ह्युम्यान राइट्स वाचले सम्झायो आप्रवासी कामदारको अवस्था

मंगलबार अपरान्ह नेपालमा अवतरण गर्न लागेका कतारका अमिर शेख तमिम

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं (तस्बिरहरु)

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका

लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ

भद्रपुर– प्रहरीले लागूऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ

आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक

गण्डकी– पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई पितृशाेक

बझाङ प्रदेश सभा क्षेत्र नं. १ काे उपनिर्वाचनमा नेकपा (एमाले)का