लकडाउनको समयमा 'रोड चिटिक्क' पार्न सडक विभागलाई भ्याइनभ्याई ! | Khabarhub Khabarhub

लकडाउनको समयमा ‘रोड चिटिक्क’ पार्न सडक विभागलाई भ्याइनभ्याई !


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सडक डिभिजन कार्यलयले लकडाउनका समयमा काठमाडौका विभिन्न स्थानका सडककाे सौन्दर्यिकरणकाे काम गरिरहेको छ ।

दैनिक लाखौंको संख्या सवारीसाधन आवतजावत गर्ने काठमाडौका मुख्य सडक लकडाउनका कारण सुनसान छन् भने यहि मौकामा डिभिजन कार्यालयले जेब्रा क्रसीङ, राेड र लेन मार्किङकाे काम गरिरहेकाे छ ।

अहिले सवारिसाधनकाे चापबाट सडकले मुक्ति पाएकाे छ । त्यस्तै सडकहरु उज्याला र चम्किला देखिन थालेका छन् ।

सरकारले कोरोना संक्रमण रोकथामका लागि पहिलाे पटक चैत्र ११ गते एक साताका लागि लकडाउन जारी गरेकाे थियाे । सोही समयदेखी सडकमा थोरै जनशक्ति परिचालन गरेर गर्न सकिने काम गरिरहेको कार्यालयका प्रमुख कुबेर नेपालीले जानकारी दिए ।

पहिलो लकडाउनकाे समय सकिएपछि सरकारले पुनः रुपमा साता दिनको लागि लकडाउन घाेषाणा गरेको छ ।

लकडाउनका बेला सडकमा अत्यावश्यक बाहेक अन्य सवारी सञ्चालन गर्नेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही गरिरहेको छ ।

यता डिभिजन कार्यालयले भने कार्यालय मातहत पर्ने सडकमा रेखाको काम तिब्र गतिमा भइरहेको नेपालीले बताए ।

लकडाउनका समयमा करिब २ किलोमीटर सडकमा राेड मार्किङको काम गरेको डिभिजन कार्यालयका नेपालीको भनाइ छ ।

‘१० स्थानमा जेब्रा क्रसीङ बनायौं’ भने, ‘कोरोना भाइरसका कारण समुहमा काम गर्न नमिल्ने भएर कालोपत्रेको काम स्थगित छ ।’

उनका अनुसार बालुवाटार , महाराजगन्ज , थापाथली , माइतीघर क्षेत्रमा जेब्रा क्रसीङ गरेको र त्यसको दायाँबायाँको सडक मार्किङ गरिएका छन्।

देशमा लकडाउन हुनु अघि कार्यालयले काठमाडौंको स्रोहखुट्टे-बालाजु र ललितपुरको पुल्चोक लगायत उपत्यकाभित्रका खाल्डा पुर्ने र ओभर ले को काम भइरहेको थियो ।

तस्वीर : कुवेर नेपाली

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ५ : ०९ बजे

मानसिक रोगको कारण बन्नसक्छ स्मार्ट फोन

सामाजिक मनोचिकित्सक जोनाथान हाइडट पछिल्लो समय युवा पुस्ता अझ भनौँ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीय तहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती

बारम्बार तिर्खा लाग्नु स्वास्थ्य समस्या हुन सक्छ !

काठमाडौँ– अहिले गर्मी मौसम सुरु भएको छ । गर्मीमा पसिना

आईपिएल : ८९ रनमा समेटिएको गुजरातमाथि दिल्लीको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको