५ लाख सहयोग गर्दै पल शाहले भने – म तपाईंहरूको साथमा सधै हुनेछु | Khabarhub Khabarhub

५ लाख सहयोग गर्दै पल शाहले भने – म तपाईंहरूको साथमा सधै हुनेछु


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता पल शाहले चलचित्र चलचित्र प्राविधिकहरुका लागि ५ लाख दिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उक्त सहयोग रकम दिने घोषणा गरेका हुन् ।

पलले सहयोग रकम घोषणा गर्दै भनेका छन् – विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरुको जनजीवनलाई सहज बनाउनका लागि मैले आर्थिक सहयोग गर्ने घोषणा गरेको छु ।

साथै पलले आफूले सहयोग गरेको रकम नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) लाई सहजीकरण गरिदिन पनि अनुरोध गरेका छन् । उनले व्यक्तिगत तर्फबाट पहिलो चरणमा भन्दै ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

पलले लेखेका छन् – आर्थिक अवस्था कमजोर हुनुभएका चलचित्र क्षेत्रमा सक्रिय तपाईंहरु सबैको साथमा म सधै हुनेछु ।

यस्तो छ पलको भनाइ:

विश्वव्यापी महामारीका रूपमा फैलिरहेकाे काेराेना भाइरस(कोभिड–१९)काे प्रभावले आम मानिसकाे जनजिवन प्रभावित भइरहेको छ । नेपाली चलचित्र क्षेत्र पनि यसको मारमा परेको सर्वविदितै नै छ र यसको पीडा चलचित्र प्राविधिक तथा अन्य व्यक्तिहरूमा पनि परिरहेको छ । विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूकाे जनजिवनलाई सहज बनाउनका लागि मैले आर्थिक सहयाेग गर्ने घाेषणा गर्दछु ।

मेराे याे सहयाेग वितरण कार्यमा चलचित्र प्रविधिक संघ नेपाल (नेफ्टा) ले सहजिकरण गर्ने आशा गरेको छु । मैले व्यक्तिगत तर्फबाट पहिलाे चरणमा नगद रू ५,००,००० ( पाँच लाख ) रूपैयाँ सहयोग गर्ने घाेषणा गर्दछु । आर्थिक अवस्था कमजोर हुनुभएका चलचित्र क्षेत्रमा सक्रिय तपाईहरू सबैकाे साथमा म सधै हुनेछु ।

धन्यवाद ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  २ : ५८ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न