यी हुन् कोरोना भाइरस संक्रमण नदेखिएका राष्ट्र | Khabarhub Khabarhub

यी हुन् कोरोना भाइरस संक्रमण नदेखिएका राष्ट्र


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५३ हजार २३८ पुगेको छ ।

पछिल्लो विवरणअनुसार संंसारभरि १० लाख १६ हजार ३३० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ ।

चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोविड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ ।

कोरोनाभाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सचेत गराए । यस महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका नहुने पनि उनले बताए । गरिबीको रेखामुनि दशौँ लाख व्यक्ति रहने विश्व बैक प्रक्षेपण गरेको छ ।

कोरोना भाइसरबाट धेरै प्रभावित १० देश

इटालीमा १ लाख १५ हजार २४२ कुल सङ्क्रमित भएका छन् भने, तेह्र हजार ९१५ को मृत्यु भएको छ । यसैबीच १८ हजार २७८ निको भएर फर्किएका छन् ।

स्पेनमा १ लाख १२ हजार ६५ कुल सङ्क्रमित भएका छन् भने, दश हजार ३४८ को मृत्यु भएको छ । यसैबीच २६ हजार ७४३ निको भएर फर्किएका छन् ।

संयुक्तराज्य अमेरिकामा २ लाख ४५ हजार ३७३ कुल सङ्क्रमित भएका छन् भने, ६ हजार ९५ को मृत्यु भएको छ । यसैबीच १० हजार ४०३ निको भएर फर्किएका छन् ।

फ्रान्समा ५९ हजार १०५ कुल सङ्क्रमित भएका छन् भने, पाँच हजार ३८७ को मृत्यु भएको छ । यसैबीच १२ हजार ४२८ निको भएर फर्किएका छन् ।

चीनमा ८१ हजार ६२० कुल सङ्क्रमित भएका छन् भने, तीन हजार ३२२ को मृत्यु भएको छ । यसैबीच ७६ हजार ५७१ निको भएर फर्किएका छन् ।

इरानमा ५० हजार ४६८ कुल सङ्क्रमित भएका छन् भने, तीन हजार १६० को मृत्यु भएको छ । यसैबीच १६ हजार ७११ निको भएर फर्किएका छन् ।

बेलायतमा ३३ हजार ७१८ कुल सङ्क्रमित भएका छन् भने, दुई हजार ९२१ को मृत्यु भएको छ । यसैबीच १३५ निको भएर फर्किएका छन् ।

नेदरल्यान्ड्समा १४ हजार ६९७ कुल सङ्क्रमित भएका छन् भने, एक हजार ३३९ को मृत्यु भएको छ । यसैबीच २५० जना निको भएर फर्किएका छन् ।

जर्मनीमा ८४ हजार ७९४ कुल सङ्क्रमित भएका छन् भने, एक हजार १०७ को मृत्यु भएको छ । यसैबीच २२ हजार ४४० निको भएर फर्किएका छन् ।

बेल्जियममा १५ हजार ३४८ कुल सङ्क्रमित भएका छन् भने, एक हजार ११ को मृत्यु भएको छ । यसैबीच २ हजार ४९५ निको भएर फर्किएका छन् ।

कोरोनाबाट सुरक्षित यी देश

विश्व महामारी बनिरहेको कोरोना भाइरसबाट केही देश सुरक्षित रहेका छन् । ति देशहरुले आफ्नो देशमा कोरोना भाइरसको एउटा पनि संक्रमण नदेखिएको दाबी गरिरहेका छन् ।

जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकलाई हेर्ने हो भने संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेका विश्वका १ सय ९३ राष्ट्र मध्ये १९ राष्ट्रले कोभिड–१९ संक्रमितको विवरण पुष्टि गरेका छैनन् ।

जमध्ये साना देश तथा टापुहरु रहेका छन् । उत्तर कोरियाले पनि आफ्नो देशमा कोरोना संक्रमणको एक जना पनि नरहेके दाबी गर्दै कोरोना फ्रि क्षेत्र घोषणा नै गरेको थियो ।

तर तानाशाही कम्युनिस्ट व्यवस्था भएको उक्त देशमा बाहिरी मानिसहरुको उपस्थिती नरहने र सञ्चारमाध्यम लगायत सबै क्षेत्र सरकार नियन्त्रणमा रहेने भएका कारण कोरोनाको केस लुकाइएको आरोप अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लगाएका छन् । तर उत्तरले भने चीनमा कोरोनाको संक्रमण देखिएसँगै आफूहरुले सीमा सिल गरेका कारण केही समस्या नभएको दाबी गर्दै आएको छ ।

अन्य धेरैजसो देशहरु भने विदेशी पर्यटकको आवतजावत कम हुने र साना टापुहरु रहेका छन् । एक जना पनि कोरोना संक्रमित नदेखिएका देशहरुले पनि राष्ट्रिय संकट भन्दै उच्च सतर्कता अपनाएका छन् ।

अधिकांश क्षेत्रमा कोरोना प्रभाव

अफ्रिकी महादेशका अधिकांश जसो देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अफ्रिकी देशका कोमोरोश, लिसोथो, सो तोमे र प्रिन्सिपि, दक्षिढ सुडान तथा सार्वी अरब डेमोक्रेटिक रिपव्लिक । सेन्ट हेलेना क्षेत्र, ट्रिस्टान डि चुना क्षेत्रमा पनि कोरोना संक्रमण को रिपोर्ट देखिएको छैन ।

त्यस्तै गरि कोरोना भाइरसको उत्पत्ति भएको महादेश एशियाका केही देशमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छैन । एशियाली देश चीनबाट शुरु भएको कोरोनाका कारण चीनसहित, दक्षिण कोरिया, मलेसिया इरान नराम्रोसँग प्रभावित भएका छन् ।

अहिलेसम्म ताजकिस्तान, तुर्कमिनिस्तान, उत्तर कोरिया, यमनमा संक्रमणको केस देखिएको रिपोर्टहरु सार्वजनिक भएको छैन ।

कोरोना भाइरसले सबैभन्दा धेरै प्रभावमा पारेको युरोपका सबै देशमा संक्रमितहरु फेला परेका छन् ।

अहिलेसम्म कोरोना भाइरस नदेखिएका राष्ट्रहरु

एसियाली देशहरु

यमन, उत्तर कोरिया, दताजकिस्तान, तुर्कमिनिस्तान

अफ्रिकी देशहरु

दक्षिण सुडान, लेसोथो, कोमोरोस, साओ तोमे एण्ड प्रिन्सिप

ओसियानाका देशहरु

सोलोमन आइसल्याण्ड, भानुआतु, सामोआ, किरिबती, फेडरल स्टेट अफ माइक्रोनेशिया, तोङ्गा, मार्सल्ला आइसल्याण्ड, पालाउ, तुभालु, नउर

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  २ : ०७ बजे

सुप्रिम सहकारी ठगी प्रकरण दिपेश पुनसँग ४ लाख धरौटी माग

काठमाडौं– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति

दाङमा आगलागीबाट एक जनाको मृत्यु

दाङ– दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं