लकडाउनका कारण डडेल्धुरामा रगत अभाव | Khabarhub Khabarhub

लकडाउनका कारण डडेल्धुरामा रगत अभाव


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमरगढी– कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम कम गर्न भन्दै सरकारले जारी गरेको लकडाउनका कारण डडेल्धुरामा रगत अभाव भएको छ ।

लकडाउनका कारण रक्तदान अभियान सञ्चालन नहुँदा रगत अभावको अवस्था सिर्जना भएको रेडक्रस सोसाइटी डडेल्धुराका ब्लड बैंकले जनाएको छ ।

हालसम्म करिब ८ पिन्ट रगत मात्र मौज्दात रहेको रेडक्रस सोसाइटी डडेल्धुराका ब्लड बैंक इन्चार्ज गणेश ऐरले जानकारी दिए ।

पहिले सङ्कलित रगत सकिने अवस्थामा रहेको र अहिले रक्तदान हुन छाडेपछि रगत अभाव हुन थालेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुराका मन्त्री डम्बर भण्डारीले बताए ।

रेडक्रस सोसाइटीले रगत अभावको समस्या समाधान गर्न दाताहरुलाई रक्तदान गर्न आह्वान समेत गरेको छ । यसरी रगत दान गर्न चाहने दाताहरुले ब्लड बैंकमा सम्पर्क राखेर त्यहिँ गएर रक्त दान गर्ने सक्ने छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  १२ : ०२ बजे

पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

फुङ्लिङ– ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै