चलचित्र प्राविधिकहरुलाई 'छक्का पञ्जा' टिमको १ लाख सहयोग | Khabarhub Khabarhub

चलचित्र प्राविधिकहरुलाई ‘छक्का पञ्जा’ टिमको १ लाख सहयोग


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘छक्का पञ्जा’ टिमले चलचित्र प्राविधिकहरुका लागि १ लाख १० हजार रुपैयाँ सहयोग गर्ने भएका छन् ।

कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे लगायतले सामाजिक सञ्जाल फेसबूकमा एउटै स्टाटस लेख्दै सहयोग गर्ने जनाएका हुन् । उनीहरुले अरु फिल्मकर्मीलाई पनि सहयोग गर्न आह्वान गरेका छन् ।

‘चलचित्रकर्मी साथीहरु, हामीलाई शूटिमको समयमा भोक लाग्दा खाना खुवाउने, हामीलाई गमी हुँदा छाता ओढाउने, हामीलाई राम्रो देखाउन गह्रौं लाइट उचाल्ने प्राविधिकहरुका लागि यो कठिन समयमा केही सहयोग गरौं,’ टिमले स्टाटस लेख्दै भनेको छ, ‘हाम्रो तर्फबाट १ लाख १० हजार दिँदैछौं ।’

‘छक्का पञ्जा’ टिमले एकमुस्ट सहयोग गर्न चाहेको र सबैले सक्दो सहयोग गर्न आह्वान पनि गरेको छ ।

कोरोना भाइरस फैलिन सक्ने भन्दै सरकारले गरेको लकडाउनका कारण सयभन्दा बढी प्राविधिकहरूको काम खोसिएको छ । प्राविधिकहरूलाई आर्थिक संकट परेको भन्दै नेपाल चलचित्र प्राविधिक संघले सहयोगको अपिल गरेको थियो ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  १० : ३५ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही