लकडाउन प्रभावित जनताको घर घरमा खाद्यान्न पुर्‍याउँदै स्थानीय तह | Khabarhub Khabarhub

लकडाउन प्रभावित जनताको घर घरमा खाद्यान्न पुर्‍याउँदै स्थानीय तह


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिहरु यतिबेला खाद्य सामग्रीको अभावमा छटपटाइरहेका आफ्ना जनतालाई दैनिक उपभोग्य सामग्री घरदैलोमा पुर्याउने कार्यमा तल्लीन देखिन्छन् ।

झापाका सबै स्थानीय तहमा एकद्वार प्रणालीअनुरूप अत्यावश्यकीय सामग्री एकैसाथ वितरण हुनथालेको स्थानीय सरकारका प्रमुखहरु बताउँछन् । कोरोना विरुद्धको अभियानमा सरकारले गरेको लकडाउनको अवधि थप भएपछि दैनिक ज्यालादारी मजदुर साथै अति विपन्न परिवारलाई राहतस्वरूप स्थानीय सरकारका तर्फबाट खाद्य सामग्री वितरणको कार्य तीव्ररूपमा अघि बढेको हो ।

बिहान बेलुका हातमुख जोर्न नै धौधौ पर्ने अवस्था आउन थालेपछि हरेक स्थानीय तहअन्तर्गतको विपद् व्यवस्थापन कोषबाट अति विपन्न परिवारलाई घरैमा गएर स्थानीय सरकारका प्रतिनिधिहरुले अत्यावश्यकीय सामाग्री वितरण गर्न थालिएको हो । स्थानीय तहहरुले विपद् व्यवस्थापन कोषबाट खाद्य सामाग्रीको मात्र नभई लक्षित समुदायमा औषधि उपचारको व्यवस्थासमेत मिलाउने बताइएको छ ।

यसैक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा प्रारम्भिक चरणमै रु ५० लाखको कोरोना राहत कोष व्यवस्थापन भएको नगरपालिका प्रमुख रोमनाथ ओलीले बताएका छन् । नगरको विपद् व्यवस्थापन कोषबाट रु ३० लाखको बजेट व्यवस्थापन भएको उनले जानकारी दिए । स्थानीयस्तरका विभिन्न सङ्घसंस्था, उद्योगी, व्यवसायी, स्वदेश तथा विदेशमा रहेका नगरवासीहरुको सहयोग एवं जनप्रतिनिधिको एक महिना बराबरको पारिश्रमिक र नगरपालिकाका कर्मचारीहरुको आफ्नो तलब भत्ताबाट १० प्रतिशत रकमसमेत गरी सङ्कलन भएको कोषबाट नगरवासीको घरदैलोमा पुगेर अत्यावश्यकीय खाद्य सामग्री वितरण गर्न थालेको उनले बताए ।

त्यस्तै झापाको मध्य भागमा रहेको कनकाई नगरपालिकाले नगरको विपद् व्यवस्थापन कोषमा सङ्कलन भएको रकमबाट सहयोग सामग्री वितरण गर्न थालेको छ । स्थानीय जनप्रतिनिधि साथै कर्मचारीहरुबाट सङ्कलन भएको रकमसहित गरी रु ३५ लाखको विपद् व्यवस्थापन कोष घोषणा गरेलगत्तै स्वदेश तथा विदेशमा समेत रहेका नगरवासीवाट रकम सङ्कलन हुन थालेपछि बुधबारदेखि नै खाद्य सामाग्री वितरण हुनथालेको नगर प्रमुख राजेन्द्र पोखरेलले बताए । नगरवासीको घरदैलोमा पुगेर दाल, चामल, नुन, तेल, तरकारी, चिउरा, चिनी, चियापत्ती, प्याज, खुर्सानी, बेसारलगायतका दैनिक उपभोग्य सामग्री वितरण गर्न थालेको उनले जानकारी दिए ।

झापाकै अर्जुनधारा नगरपालिकाले दैनिक ज्यालादारी मजदुर साथै अति विपन्न परिवारलाई राहतस्वरूप अत्यावश्यकीय सामग्री उपलब्ध गराउन नगरको विपद् व्यवस्थापन कोषबाट रु १५ लाखको बजेट व्यवस्थापन गरेको नगरप्रमुख हरिकुमार रानाले बताए । यसका साथै स्थानीय जनप्रतिनिधि, कर्मचारी, उद्योगी व्यवसायी र देशविदेशमा रहेका नगरवासीहरुबाट समेत सङ्कलन भएको थप रकमबाट खाद्य सामग्री वितरण गर्न शुरु गरिएको उनले जानकारी दिए ।

त्यस्तै शिवसताक्षी नगरपालिकाले नगरको विपद् व्यवस्थापन कोषबाट रु २१ लाख र जनप्रतिनिधि साथै कर्मचारीसहितको थप रकमबाट रु ३० लाखको बजेट व्यवस्थापन गरेको छ ।

त्यस्तै आआफ्ना नगरपालिकाभित्रका दैनिक ज्यालादारी मजदुर र अतिविपन्न परिवारलाई राहत सामग्री वितरण गर्न गौरादह नगरपालिकाले विपद् व्यवस्थापन कोषमा रु ४६ लाख, विर्तामोड नगरपालिकाले रु ५० लाख र मेचीनगर नगरपालिकाले रु एक करोड जम्मा भइसकेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  १० : ३८ बजे

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय