मजदुरको छाक टार्न घरदैलोबाट फुडबैंक | Khabarhub Khabarhub

मजदुरको छाक टार्न घरदैलोबाट फुडबैंक


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- धनगढी उपमहानगरपालिका–३ गुरुद्वार टोलका स्थानीय युवाले टोलवासीको घरदैलोबाट राहत सङ्कलन गरेर फुड बैंकको स्थापना गरेका छन् ।

कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण दैनिक छाक टार्न मजदुरी गर्ने मजदुरका लागि घरदैलोबाट राहत सङ्कलन गरेर फुडबैंक स्थापना गरिएको युवा समाजसेवी मदन भट्टले बताए ।

लकडाउनमा आय आर्जनको बाटो बन्द हुँदा असहाय, गरीबलाई रोगसँगै भोकले महामारी ल्याउन सक्ने अवस्थालाई मध्यनजर गरेर फुडबैंक स्थापना गरिएको स्थानीय युवा समूहले जनाएको छ । युवा समूहले उपमहानगरपालिका–३ को मसानटोलका दैनिक काम गरेर घर खर्च चलाउने विपन्न ९४ परिवारलाई खाद्यान्न वितरण गरिएको बताइएको छ ।

उपमहानगरपालिकाद्वारा लकडाउनका कारण छाक टार्न समस्या भएका करिब २०० परिवारलाई राहतस्वरुपको खाद्यान्न वितरण गरिएको छ । नगरप्रमुख नृपबहादुर वडका अनुसार राहत वितरणका लागि प्रत्येक वडामा अध्यक्षको संयोजकत्वमा सर्वदलीय तथा सर्वपक्षीय समिति गठन गरी लकडाउनले छाक टार्न समस्या भएकाको विवरण सङ्कलन गरिएको थियो । उक्त समितिले सङ्कलन गरेको विवरणका आधारमा राहत वितरण शुरु गरिएको हो ।

वडा नं ८ र ५ मा बिहीबार बिहानैदेखि राहत वितरण गरिएको थियो । अन्य वडामा पनि वितरणका लागि खाद्यान्न पुर्‍याउने काम भइरहेको बताइएको छ ।

धनगढी–८ का अध्यक्ष नारायणप्रसाद बरालले लकडाउनका कारण छाक नै चल्न नसकेका करिब दुई सय परिवारलाई राहत स्वरुपको खाद्यान्न वितरण गरिएको जानकारी दिए । त्यस्तै वडा नं ५ मा पनि खाद्यान्न वितरण गर्ने काम शुरु भएको अध्यक्ष हिरासिंह पातलीले बताए ।

वडाध्यक्षको सहयोग

धनगढी उपमहानगरपालिका–४ का वडाध्यक्ष दीपककुमार थापा क्षेत्रीले दैनिक मजदुरी गरेर छाक टार्ने मजदुर, सुत्केरी महिला र अनाथका लागि खाद्यान्न सहयोग गरेका छन् ।

वडाध्यक्ष थापाले उपमहानगरपालिकाका अन्तर्गतको नगरस्तरीय विपद् व्यवस्थापन खाद्यान्न समाग्री हस्तान्तरण गरे । थापाले २१ कट्टा चामल, ५० किलो दाल, तीन बोरा सोयाविन, एक बोरा नुन, दुई पेटी तेललगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरेको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

बेहडाबाबा मन्दिरद्धारा खाद्यान्न

धनगढीस्थित बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिले खाद्यान्न सामग्री उपलब्ध गरेको छ । मन्दिर व्यवस्थापन सेवा समितिका सचिव पदमराज जोशीलगायतको टोलीले चामल ४८ कट्टा, आलु सात कट्टा, नुन दुई कट्टा नगरस्तरीय विपद् व्यवस्थापन समितिलाई बुझाइएको छ ।

समितिका सचिव जोशीले अप्ठ्यारो अवस्थामा सबैलाई यसरी नै मानवीयता सम्झेर सहयोग गरिदिन आम जनसमुदायलाई अनुरोध गरेका छन् ।

धनगढीको हिमशिखर सहकारी संस्थाले पनि मजदुरी गरेर खाने वर्गका लागि भन्दै २० कट्टा चामल र पाँच पेटी खानेतेललगायतका खाद्यान्न सहयोग गरेको छ ।

४३ भारतीय क्वारेन्टाइनमा

प्रदेशका विभिन्न स्थानमा अलपत्र परेका भारतीय नागरिकलाई धनगढी उपमहानगरपालिकाले त्रिनगर माध्यमिक विद्यालयमा स्थापना गरेको क्वारेन्टाइनमा राखेको छ ।

उपमहानगरपालिकाले अलपत्र परेका ४३ भारतीयलाई त्रिनगर माध्यमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको नगरप्रमुख वडले जानकारी दिए ।

उनले भने, ‘स्थानीय प्रशासन, नेपाल–भारतमैत्री सङ्घसँग समन्वय गरेर क्वारेन्टाइनमा राखिएको हो ।’ भारतको पिथोडागढ जिल्लाको धार्चुला पुल नजिक अलपत्र परेका नेपालीलाई भारतको उत्तराखण्ड सरकारले भारतमै क्वारेन्टाइनमा राखेर सहयोग गर्ने सहमतिपछि नेपालमा अलपत्र परेका र कोरोनाको लक्षण देखिएकालाई क्वारेन्टाइनमा राखिएको प्रमुख वडको भनाइ छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ८ : ३८ बजे

पोखरा र गौतम बुद्ध विमास्थलबाट उडान गर्न कतारसँग प्रस्ताव

  काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा र भैरहवा विमानस्थलबाट

नेपालमा लगानी गर्न कतारका राजालाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीच रहिआएको आपसी

लगानी प्रवर्द्धन गर्न अध्यादेशमार्फत कानून संशोधन स्वागतयोग्य : महासंघ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि कानुन

नेपाल-कतार संयुक्त वाणिज्य परिषद्‌ स्थापना

काठमाडौं – नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल-कतार संयुक्त

यस्ता छन् नेपाल र कतारबीच भएका ८ बुँदे समझदारी

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर भएको