आफ्नै गाडी पठाएर मन्त्री मानन्धरले गरे अलपत्र बिरामीको उद्दार | Khabarhub Khabarhub

आफ्नै गाडी पठाएर मन्त्री मानन्धरले गरे अलपत्र बिरामीको उद्दार


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सवारी साधनको अभावमा अलपत्र परेका एक बिरामीलाई आफ्नै गाडी पठाएर उद्दार गरेका छन् ।

बिहीबार साँझ साँढे पाँच बजे बालाजुमा एक जना बिरामी अलपत्र परेको खबर आएपछि मन्त्री मानन्धरले आफ्नै गाडी पठाएर उद्दार गराएका हुन् ।

ज्वरो र झाडापखाला लागेर उपचार गर्न बालाजु आएका जीपपुर रामघाटका ६६ वर्षीय नवराज घिमिरेको उद्दार गरी घरसम्म लगिएको हो । बिरामी घिमिरेका आफन्तले अलपत्र अवस्थामा मन्त्रीलाई टेलिफोन गरेर जानकारी गराएका थिए ।

लगत्तै मन्त्री मानन्धरले आफ्नो सचिवालयका जयप्रकाश श्रेष्ठलाई उद्दारका लागि पठाएर घरसम्म पुर्‍याउने ब्यवस्था मिलाईदएिका थिए । लगातार झडापाला लागेपछि घिमिरे आफन्तको सहयोगमा बिहान उपचारका लागि बालाजु पुगेका थिए ।

मन्त्रीले गाडी नै पठाएर उद्दार गरेपछि बिरामी घिमिरेले सरकारले जनताको रक्षाका लागि गरेको कामबाट निकै खुसी लागेको बताए। लकडाउनका बेला बिरामी, असक्त र कमजोर आर्थिक अवस्थाका नागरिकका लागि सरकारले उद्दार र राहतको कामलाई तिब्रता दिएको मन्त्री मानन्धरले बताए ।

काठमाडौंमा समस्यामा परेका सर्वसाधारणको सहयोगका लागि आफु निरन्तर लागिरहेको बताउँदै मन्त्री मानन्धरले नेपाल सरकार जनताको सुख दुखमा सँगै रहेको बताए । यस अघि पनि मन्त्री मानन्धरको सचिवालयले काठमाडौंका विभिन्न स्थानमा समस्यामा परेका सर्वसाधारणलाई सहजिकरण गरिरहेको छ ।

स्वकिय सचिव श्रेष्ठका अनुसार काठमाडौंका विभिन्न स्थानमा एकल बृद्धबृद्धा, बिरामी र आर्थिक अवस्था कमजोर भएका सर्वसाधारणका लागि अत्यावश्यकिय औषधि, खाद्यान्न, ग्याँस लगायतका वस्तुहरु आपुर्तिमा सचिवालयले सहजीकरण गरिरहेको छ । समस्यामा परेका सयौं सर्वसाधारणलाई आवश्यक सहजिकरण गरिएको श्रेष्ठले जानकारी दिए ।

मन्त्री मानन्धरले विपद्का बेला जनताको आशा र भरोशा जनप्रतिनिधिसँग हुने भन्दै आफ्नो मोबाईल नम्वर सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ८ : २५ बजे

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको

पर्यटक नभएपछि अध्यागमन कार्यालय सुनसान

नेपालगञ्ज– बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन वर्षदेखि

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार