कोरोनासँग लड्न खानुहोस् प्रतिरोधात्मक शक्ति बढाउने यी भिटामिन | Khabarhub Khabarhub

कोरोनासँग लड्न खानुहोस् प्रतिरोधात्मक शक्ति बढाउने यी भिटामिन


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको त्रास विश्वभर बढेपछि यसबाट कसरी बच्न सकिन्छ भनेर मानिसहरु अनेकौ उपायहरु गरिरहेका छन् ।

कोहि मास्क, साबुन, पञ्जा, स्यानिटाइजर लगायतका वस्तु जोहो गर्न लागि परेका छन् भने कोहि यसबाट बच्न सकिने अरु उपायहरु खोजिरहेका छन् ।

कोरोनाबाट बच्न घरभित्रै रहने, साबुन पानीले हात धुने, सामाजिक दूरी कायम गर्ने र हातले अनुहार नछुने सबैभन्दा राम्रो विकल्प हो । तर कोरोनको संक्रमणबात यस अलावा चिकित्सकहरु शरीरमा प्रतिरोधात्मक शक्ति बढाउने सुझाव दिन्छन् ।

पोषण तथा स्वास्थ्य विज्ञका अनुसार तीन प्रकारका भिटामिनले मानिसको शरीरमा प्रतिराधि क्षमताको विकास गर्छ । जसले संक्रमण हुनबाट बचाउँछ ।

१. भिटामिन सी

चिकित्सकका अनुसार भिटामिन सीले इम्यून सिस्टमको विकास गर्दछ । अर्थात भिटामिन सीको अभाव भएमा शरीरमा कैयौं प्रकारको रोग लाग्ने सम्भावना हुन्छ । त्यसैले भिटामिन सी प्राप्त गर्न सुन्तला, मौसमी, स्ट्रबेरी, पालुगों र ब्रोकाउली सेवन गर्नुपर्दछ ।

२. भिटामिन बी ६

शरीरमा इम्यून सिस्टम तन्दुरुस्त राख्न भिटामिन बी ६ को सेवन अनिवार्य छ । भिटामिन बी६मा समावेश हुने कैयौं प्रकारका बायोकेमिकल रियाक्सनले इम्यूनिटीको विकास गर्दछ । भिटामिन बी ६ का प्राप्त गर्न माछामासु र अण्डाको सेवन गर्नुपर्दछ । यस अलावा सोयाबीन, चना, दूध र आलूमा पनि भिटामिन बी ६ पाउन सकिन्छ ।

३. भिटामिन ई

शरीरमा कुनै पनि रोगको संक्रमण नहोस् भन्नका लागी शरीरमा भिटामिन ई हुनु अति आवश्यक छ । भिटामिन ईमा समावेश हुने एन्टिअक्सीडेन्ट्सले शरीरलाई इन्फेक्सनमा लड्न शक्ति प्रदान गर्छ । ओख्खर, बदाम र पालुगाें सहित ब्रोकाउलीबाट पनि भिटामिन ई पाउन सकिन्छ ।

४. अमिला फलफूल

अधिकतम रोगमा चिकित्सकले बिरामीलाई सिट्रस फ्रूट्स अर्थात अमिला फलफूल खाने सल्लाह दिन्छन् । सिट्रस फ्रूट्सहरुमा अंगुर, सुन्तला, निमुबा, कागती, सरिफा लगायतका फल पर्दछन् । इम्यूनिटी बढाउनका लागी मानिसलाई सिट्रस फ्रुट्स आवश्यक पर्दछ ।

५. अदुवा

अदुवामा कैयौं प्रकारका एन्टी भाइरल तत्व पाइन्छ । त्यसैले आफ्नो खानपानमा अदुवाको समावेश गर्नु लाभदायक हुन्छ । सौप वा महका साथमा अदुवा खादाँ यसबाट बढि लाभ पाउन सकिन्छ । दैनिक ३/४ पटक अदुवाको सेवन गरेमा यसले इम्यून सिस्टम राम्रो बनाउँछ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ६ : ३५ बजे

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको