इरानमा २३ जना सांसदलाई कोरोना भएको पुष्टि, ज्यान गुमाउनेको संख्या ७७ पुग्यो | Khabarhub Khabarhub

इरानमा २३ जना सांसदलाई कोरोना भएको पुष्टि, ज्यान गुमाउनेको संख्या ७७ पुग्यो


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इरान- कोरोना भाइरस (कोभिड–१९)को कारण इरानमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ७७ पुगेको छ । इरानका २३ जना सांसदलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

इरानमा कूल दुई हजार ३३६ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र विगत २४ घण्टामा ८३५ नयाँ सङ्क्रमित व्यक्ति भेटिएको इरानी स्वास्थ्य अधिकारीहरूले बताए ।

इरानमा एकै दिन कोरोना भाइरसका कारण यति धेरै सङ्क्रमित भेटिएको यो पहिलो दिन हो । इस्लामिक गणतन्त्रमा दुई हप्ता पहिले पहिलो घातक यस भाइरसको सङ्क्रमण पुष्टि भएपछि नियन्त्रणका लागि आन्तरिक स्रोत र साधनको अधिकतम प्रयोग गरी काम भइरहेको इरानी उप–स्वास्थ्यमन्त्री अलिरेजा राइसीले राज्य सञ्चालित टेलिभिजनबाट प्रशारित प्रतिक्रियामा बताए ।

उनले भने, “पछिल्लो २४ घण्टामा थप ८३५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ र योसँगै इरानमा सङ्क्रमितको सङ्ख्या दुई हजार ३३६ पुगेका छ । घातक यो भाइरस सङ्क्रमणका कारण ७७ जनाको मृत्यु भएको छ ।”

नयाँ भाइरसको सङ्क्रमणको केन्द्र मानिएको मूख्यभूमि चीन र खासगरी हुबेई प्रान्तको वुहानमा गरी ३ हजार बढी व्यक्तिको मृत्यु भएको छ भने सङ्क्रमणबाट चीनबाहिर सबैभन्दा बढी व्यक्तिको इरानमा मृत्यु भएको विश्वस्वास्थ्य संगठनले जनाएको छ ।

विश्वभर यस भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार १ सय १६ व्यक्तिको मृत्युभइसकेको छ ।

सङ्क्रमणको प्रभाव विश्वका ७६ मुलुकमा देखिएपनि चीन, दक्षिण कोरिया, इटली, इरान र जापानमा मृत्यु हुनेको सङ्ख्या अन्य मुलुकको तुलनामा बढी रहेको छ ।

यसैबीच इरानका सर्वोच्च नेता आयातोल्ला अलि खामेनीले सबै नागरिकलाई कोरोना भाइरसबाट बच्न व्यक्तिगत सरसफाई लगायत रोकथामका अन्य उपायलाई अवलम्वन गर्न आग्रह गरेका छन् ।

उनले भने, “सबै नागरिकले रोकथामका उपाय र नियन्त्रणका लागि स्वास्थ्यकर्मीले दिएको निर्देशनलाई पढ्न, सिकाउन र पालना गर्न आवश्यक छ ।”

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ८ : ०७ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोदार– धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

कांग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद दीपक खड्काले