व्यवसाय गर्न चाहने महिलाका लागि ७ टिप्स | Khabarhub Khabarhub

व्यवसाय गर्न चाहने महिलाका लागि ७ टिप्स


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै न कुनै व्यवसाय सुरु गर्ने चाहना सबैको हुन्छ । व्यवसाय सुरु गर्नु नै एक किसिमको चुनौती हो । त्यसै गरी घर–परिवार पनि हेर्नुपर्ने, व्यवसायलाई पनि ध्यान दिनुपर्ने, अनि अन्य आफन्त साथी भाइसँगको नाता सम्बन्ध पनि कायम गर्नुपर्ने ।

यस्ता धेरै जिम्मेवारी बोकेका महिलाहरूलाई सफलरूपमा व्यवसाय सञ्चालन गर्न चुनौतीपूर्ण हुने गर्दछ ।

यदि तपाइ व्ययवसाय गर्दैहुनुहुन्छ भने यी कुरामा ख्याल गर्नुस् :

१. लक्ष्य निर्माण :

कुनै पनि काम गर्दा किन काम गर्दै छु, मेरो जीवनको लक्ष सँग मैले गरेको काम मिल्छ कि मिल्दैन भनेर सोच्नुहोस् । आफ्नो जीवनको लक्ष र व्यवसायको उद्देश्य प्रस्टसँग निर्माण गर्नुहोस् । यदि तपाइले उदेश्यलाई लेखेर राख्नु भयो भने अझ प्रस्ट हुन सजिलो हुन्छ । र तपाइले गर्ने प्रत्येक कामलाई आफ्नो लक्ष र उदेश्यका साथ गर्नुभयो भने तपाईँलाई काम गर्न सजिलो हुन्छ । लक्ष्य निर्माण गर्दा आफ्नो समय, लगानी, आफ्नो व्यक्तिगत र पारिवारिक जीवन जस्ता कुरालाई ध्यानमा राखेर निर्माण गर्नुहोस् ।

२. गर्नुपर्ने कामहरूको सुची तयार गर्नुहोस् :

आफूले गर्ने कामहरूको सुची बनाएर, समय तोकेर र योजना बनएर गर्‍यो भने काम गर्न सजिलो हुन्छ । यसपछि के काम गर्नुपर्छ, अहिले सम्मको काम कहाँ पुग्यो भनेर आफूलाई राम्रो सँग जानकारी भयो भने आराम सँग कामहरू गर्न पाइन्छ र योजना पुरा गर्न सजिलो हुन्छ ।

३. चुनौती स्वीकार गर्नुहोस् :

महिला भएकै कारणले तपाई कुनै पनि रूपमा व्यवसाय गर्न कम्जोर हुनुहुन्न । तपाइले व्यवसायमा आउने प्रत्येक चुनौतीहरू स्वीकार गर्न सिक्नुभयो र चुनौतीहरूलाई स्वीकार गर्नुभयो भने तपाईलाई व्यवसाय गर्ने हिम्मत बढेर आउँछ र जस्तो सुकै समस्याको पनि समाधान निस्कन सक्छ ।

तर यदि चुनौतीलाई स्वीकार गर्नुभएन भने तपाईँलाई व्यावसायिक जीवनमा मात्र नभएर व्यक्तिगत जीवनमा आएका समस्याहरूलाई समाधान गर्ने भित्री शक्ति हुँदैन । सफल त्यही व्यक्ति हुन्छ जसले चुनौती स्वीकारेर अगाडी बढ्छ ।

४. उद्देश्य ठुलो राख्नुहोस् :

‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भने जस्तै तपाइले राख्ने उद्देश्य सधैँ ठुलो हुनु पर्छ । महिला भएको कारणले तपाइको पहिलो उद्देश्य व्यवसाय हैन भनेर समाजले भन्ने चलन छ होला , तर तपाइको जीवनको उद्देश्य तपार्इ महिला वा पुरुष हुनुले फरक पार्दैन । त्यसकारण उद्धेश्य ठूलो राख्नुस् जसले गर्दा तपाइले उद्देश्य प्राप्तिको लागि काम गर्न प्रेरित हुनुहुन्छ र त्यसको लागि काम गर्नुहुन्छ ।

५. नेतृत्व लिनुहोस् :

तपाईको व्यावसायिक जीवनमा यस्तो विभिन्न मोड आउन सक्छ जहाँ नेतृत्वको अवसरहरू प्राप्त गर्न सक्नुहुन्छ । सानो नै किन नहोस् , नेतृत्वको आवशर आएको बेलामा नेतृत्व लिन नहीचकिचाउनुहोस । आफ्नो विभिन्न क्षमताहरू प्रस्तुत गर्नुहोस् ।

६: समूहमा आबद्ध हुनुहोस :

व्यावसायिक समूह , दिदीबहिनी समूह , क्लब आदि विभिन्न खाले सामाजिक तथा व्यावसायिक समूहमा आबाद्द भएर आफ्नो व्यवसायलाई प्रबर्धन साथथै आफू जस्तै व्यवसाय गर्ने महिलाहरू सँग भेटघाट, छलफल , आफूलाई परेको समस्याको समाधान आदि गर्न सकिन्छ । यस्ता किसिमका समूहमा आबद्ध हुँदा, आफू जस्तै समस्या भोगेका महिलाहरू भेटिन्छ ।

समाधानका उपायहरू पत्ता लगाउन सकिन्छ र परेको बेला यस्ता समूहका साथीहरूले सहयोग गर्न सक्छन् । यस्तो भेटघाट महिनाको वा हप्ताको एक चोटि जस्तो गरेर नियमित रूपमा गर्न सकिन्छ ।

७. आत्मा विश्वास कायम राख्नुहोस :

व्यवसाय गर्दा चुनौतीहरू आउँछन, एकै पटकमा कोही पनि सफल हुँदैन , जीवनमा कति पटक लडिन्छ, तर लडे पनि उठेर अगाडी बढ्न सक्नुपर्छ । आफ्नो आत्माबिस्वास सधैँ आफूसँग राख्नुहोस र म गर्न सक्छु भनेर हिम्मतका साथ काम गर्नुभयो भने सफलता हात पार्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  ४ : १६ बजे

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा