बुद्धि बढाउन खानुपर्ने ८ खानेकुरा | Khabarhub Khabarhub

बुद्धि बढाउन खानुपर्ने ८ खानेकुरा


२० फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  दिमाग बोधो भएका मानिसहरुलाई बुद्धिमानी र तिक्ष्ण हुने हुटहुटी हुन्छ। तुलानात्मकरुपमा तिक्ष्ण मानिसहरु पनि अझ बुद्धिमानी हुन चाहान्छन् ।

तर कसैले चाहेकै भरमा तिक्ष्णता हासिल गर्न सक्ने अवस्था छैन । जन्मदाको अवस्था, हावापानी, खानपान तथा वंशाणुगत गुणले समेत बौद्धिकतामा असर पार्छ ।

यद्यपी हामीले खानपानमा बिचार पुर्‍याउन सके पनि मस्तिष्कलाई ताजा राख्न सकिने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

त्यस्ता केही अध्यनहरुले मष्तिष्क तिक्ष्ण राख्न दिइएका सुझावमा समावेश गरिएका केही खानेकुराहरुको सूची यस्तो छ ।

स्याउ
स्याउ सेवन गर्दा दिमागमा रहेका न्युरोन्सलाई एक प्रकारको अक्सिडेसनबाट बचाउँछ ।  दिमागमा हुने क्रिकुन तन्तुहरूको मृत्यु न्युरोन्स र अक्सिडाइनको सुजनबाट हुने गर्दछ ।

जसबाट अल्जाइमरजस्ता भयानक रोग लाग्ने गर्दछ । स्याउको नियमित सेवनले अल्जाइमर हुनबाट जोगाउन सक्छ ।

जामुन
जामुनमा शरीरलाई आवश्यक एन्टिअक्सिडेन्टको मात्रा अत्यधिक हुन्छ । जामुन खाँदा दिमागमा आउने खराबीका साथै बिर्सने रोगबाट बचाउँछ ।

ओखर
ओखर मुटु र दिमाग दुवैका लागि राम्रो मानिन्छ । यसका साथै सबै ओखरजन्य वस्तु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

ओखरमा विशेषगरी अल्फा लिनोलेनिक एसिड, जुन ओमेगा फ्याटी एसिडको प्रकार हो, ले दिमागको संज्ञानात्मक ज्ञान बढाउन महत्वपूर्ण भूमिका खेल्दछ ।

बेसार
हाम्रो शरीरमा रहेका न्यूरोनहरू वयस्क अवस्थामा नष्ट हुँदै जान्छन् र पुनः उत्पादन हुन्छन् । यस्तो प्रकियालाई न्यूरोट्रोफिक कारक अथवा बिडिएनएफ भनिन्छ ।

बेसार यस्तो वस्तु हो, जसले बिडिएनएफको दरलाई बढाउनुका साथै मस्तिष्कमा आउने जोखिमबाट समेत जोगाउँछ ।

गोलभेँडा
गोलभेँडा दिमागमा रहेका तन्तुहरूमा आउने समस्याको अचुक औषधि हो । मस्तिष्कले सही रूपमा काम गरिराख्नका लागि तन्तुहरू सक्रिय हुनु आवश्यक हुन्छ ।

गोलभेँडामा पाइने विशेष प्रकारको एन्टिअक्सिडेन्टले मस्तिष्कका लागि बडिगार्डको काम गर्दछ ।

ब्रोकाउली
अध्ययनका अनुसार हरियो पात भएका सागसब्जीले मानसिक सन्तुलन बनाइराख्न सहयोग गर्दछ । ब्रोकाउलीमा पाइने भिटामिन ए, के, फुलिट, लुटिन र फाइबरले मस्तिष्कलाई सक्रिय राख्दछन् ।

प्याज
प्याज फोलिक एसिड र भिटामिन बीको राम्रो स्रोत मानिन्छ । यसले ब्रेनमा हुने रगतको प्रवाहलाई सक्रिय बनाइराख्न मद्दत गर्दछ । जुन डिप्रेसनसँग जुधिरहेका मानिसका लागि पनि लाभदायी हुन्छ ।

साल्मोन माछा

साल्मोन माछा अर्को स्मरण शक्ति बढाउने सबै भन्दा उपयुक्त खाद्य वस्तु हो । साल्मोनमा ओमेगा फ्याटी प्रचुर मात्रामा पाइन्छ ।

जसले दिमागका नसानसामा छिटो रगत सर्कुलेसन गर्न सहयोग गर्दछ । यस्तै यसमा पाइने एक प्रकारको बिटा एमिलाइड नामक प्रोटिनले अल्जाइमर हुनबाट बचाउँछ ।

यसअतिरिक्त हरियो सागपात, गाँजर, चना, पनिरजस्ता दुग्धजन्य खानेकुरा पनि तिक्ष्ण मष्तिष्कका लागि उपयुक्त मानिने विभिन्न अध्यनहरुमा उल्लेख छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७६, मंगलबार  १० : १३ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय