ए डिभिजन लिगः मनाङको अपराजित यात्रा रोकियो, च्यासलसँग पराजित  | Khabarhub Khabarhub

ए डिभिजन लिगः मनाङको अपराजित यात्रा रोकियो, च्यासलसँग पराजित 


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब च्यासल युथ क्लबसँग पराजित भएको छ ।

जारी लिगमा अपराजित रहेको मनाङ सोमबार भएको खेलमा २–० ले पराजित भएसँगै अपराजित यात्रामा पूर्णविराम लागेको हो ।

सोमबार एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा २४औँ मिनेटमा टागिया नाकामुराले च्यासलका लागि गोल गरेका थिए। उनले फ्रि किक बलमा गोल हानेका थिए।

यस्तै अन्तिम थप समयमा सन्तोष साहुखलले च्यासलका लागि दोस्रो गोल गरेका हुन्।

च्यासलसँगको हारले उपाधि दाबेदारीमा रहेको मनाङलाई दबाब परेको छ।

यसअघि ५ खेल जितेर चार खेल बराबरी खेलेको मनाङको यो नै पहिलो हार हो। मनाङको १० खेलमा १९ अंक छ। शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको १० खेलमा २३ अंक र दोस्रो स्थानमा रहेको मछिन्द्रको १० खेलमा २२ अंक रहेको छ।

मनाङलाई हराएको च्यासलको १० खेलमा १२ अंक रहेको छ। जितसँगै च्यासल नवौँ स्थानमा उक्लिएको छ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ५ : १४ बजे

कर्णालीका मुख्यमन्त्री कँडेलले बैशाख १३ गते विश्वासको मत लिने

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बैशाख १३ गते विश्वासको

बँदेलले टोक्दा सातजना घाइते

दैलेख– रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्‍याउँदै आएको

‘कर्णालीमा नेपाली भाषा र साहित्यको पृष्ठभूमि र इतिहास छ’

सुर्खेत – लामो समयदेखि भाषा र साहित्यको अध्ययन गरेका विद्वानहरूले

‘बोक्सीको घर’ : हतारै हतारमा बनेको गीत ‘बुझिनँ मैले’

काठमाडौंं – केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ वैशाख १४ बाट

कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए

काठमाडौं- प्रथम दक्षिण एसियाली कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली