ब्रिगेडमाथि जावलाखेलको संघर्षपूर्ण जित | Khabarhub Khabarhub

ब्रिगेडमाथि जावलाखेलको संघर्षपूर्ण जित


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युवा क्लबले ब्रिगेड व्वाइज क्लबमाथि संघर्षपूर्ण जित हात पारेको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा जावलाखेलले ब्रिगेडलाई १–० गोल अन्तरले पाजित गरेको हो ।

जावलाखेलका लागि सुजित बुढाथोकिको गोल निर्णायक बन्यो । उनले खेलको ३२ औं मिनेटमा गोल गरेका थिए ।

आजको खेलमा जावलाखेलका खेलाडीले ‘फेयर गेम’ खेलेका छन् । यसलाई रेफ्रिले दिने कार्डका आधारमा हेर्न सकिन्छ । ब्रिगेडका दुई खेलाडीले पहेंलो कार्ड पाउँदा जावदाखेलका खेलाडीलाई रेफ्रिले कार्ड देखाएनन् ।

जीतसँगै जावलाखेल लिगको सातौं स्थानका उक्लिएको छ । जावलाखेलले १० मा ४ जीत ३ खेल बराबरी र ३ खेलमा पराजित हुँदा १५ अंकसहित सातौं स्थानमा रहेको छ । पराजित ब्रिगेडलाई भने रेलिगेसनको पिरलो छ । उसले अहिलेसम्म १० खेलमा जम्मा ८ अंक जोडेको छ ।

ब्रिगेडभन्दा तलका टोलीको जम्मा ४ अंकको फरक छ । पुछारमा रहेको सरस्वती युवा क्लबको मात्रै ४ अंक रहेको छ ।

लिगको शीर्ष स्थानमा भने २३ अंक रहेको विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब रहेको छ भने उसलाई मछिन्द्र क्लब २२ अंकसहित पछ्याइरहेको छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  १ : ५३ बजे

गुल्मीमा भीषण आगलागी, कम्तीमा चार दर्जन घरगोठ जले

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा भीषण आगलागी भएको छ ।

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।