नेपाल–भारत सीमा नाकामा पनि कोरोना भाइरस लक्षित निगरानी शुरु | Khabarhub Khabarhub

नेपाल–भारत सीमा नाकामा पनि कोरोना भाइरस लक्षित निगरानी शुरु


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनबाट शुरु भएको कोरोना भाइरसको महामारीबाट बच्न भन्दै सरकारले सीमा क्षेत्रमा पनि स्वास्थ्य परीक्षण र उच्च निगरानी शुरु गरेको छ ।

यसअघि रसुवागढी लगायत चीनतर्फको सीमा–नाकामा स्वास्थ्य जाँचको व्यवस्था गरिएकोमा अब भारतसँगको सीमा–नाकामा पनि कोरोना भाइरसको परीक्षणका लागि हेल्थ डेस्क स्थापना गरिने भएको छ ।

संघीय सरकारको गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयबीचको समझदारीअनुसार सबै सीमा क्षेत्रमा कोरोना भाइरस लक्षित परीक्षण र निगरानी शुरु गरिने भएको छ ।

यसैबीच रुपेन्देहीको भैरहवा सीमा–नाकामा कोरोना लक्षित स्वास्थ्य जाँच र निगरानी शुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको निर्देशनमा जनस्वास्थ्य कार्यालयले बेलहिया नाकासहित भारतसँग सीमा जोडिएका क्षेत्रमा निगरानी बढाएको हो । सीमा क्षेत्रमा कोरोना लक्षित परीक्षण तथा निगरानीका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको जनस्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकामा प्रशासनको निर्देशनपछि कोरोनाबारे जाँच तथा यसको सचेतना सहायता कक्ष स्थापना गरिएको रुपन्देहीका सहायक प्रजिअ भरत शर्माले जानकारी दिए ।

सहायता कक्षमा भारतबाट आउने पर्यटकलाई परामर्श दिने र शङ्का लागेमा नजीकको अस्पतालमा पठाउने गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । सहायता कक्ष बिहान ७ देखि साँझ ८ बजेसम्म सञ्चालन गरिनेछ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ११ : ३८ बजे

कालीगण्डकीमा भिटामिन ‘डी’ को खोपसहित दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न 

स्याङ्जा– कालीगण्डकी गाउँपालिका स्याङ्जामा गाउँपालिका र गाउँसेवा परिवार कालीगण्डकी गाउँपालिका

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न