राष्ट्रपति चुनावका लागि अमेरिकामा उम्मेद्वार चयनको प्रकिया सुरु | Khabarhub Khabarhub

राष्ट्रपति चुनावका लागि अमेरिकामा उम्मेद्वार चयनको प्रकिया सुरु


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि अमेरिकामा उम्मेदवार चयनको प्रकिया सुरु भएको छ ।

डेमोक्र्याटिक र रिपब्लिकन पार्टीका समर्थकले आफ्नो तर्फबाट उम्मेदवार चयनका लागि  आज सोमबारदेखि मतदान प्रकिया सुरु गरेका हुन ।

रिपब्लिकन पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प नै आउँदो चुनावमा पनि उम्मेद्वार बन्ने छन ।

सामान्यताः अमेरिकामा एक जना राष्ट्रपतिलाई दुई कार्यकाल दिने प्रचलन रहेकाले रिपब्लिकले अर्को उम्मेद्वार तय गर्ने छैनन ।

तर डेमोक्र्याटिक पार्टीमा भने ट्रम्पसँग प्रतिस्पर्धा गर्नका लागि उम्मेदवार बन्ने होडमा अझै पनि ११ जना आकांक्षी रहेका छन् ।

डेमोक्र्याटिकका तर्फबाट उम्मेद्वार तय गर्न सोमबार आयोवा ककसमा मतदान हुँदैछ । केही समयदेखि डेमोक्र्याटिक पार्टीका आकांक्षीले मध्यपश्चिमी राज्य आयोवालाई केन्द्रमा राखेर चुनावी अभियान सञ्चालन गरेका थिए ।

उम्मेदवार चयनका लागि हुने प्रारम्भिक मतदान आउँदो जुनसम्म जारी रहनेछ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  १० : ३९ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६