मोबाइलको भारब्रेसनले निम्त्याउँछ त स्वास्थ्य समस्या, यस्तो छ वास्तविकता | Khabarhub Khabarhub

मोबाइलको भारब्रेसनले निम्त्याउँछ त स्वास्थ्य समस्या, यस्तो छ वास्तविकता


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोबाइल फोनको अधिक प्रयोग स्वास्थ्यका लागि घातक मानिन्छ ।

धेरै मोबाइल चलाउँदा टाउको दुख्ने आँखा दुख्ने जस्ता समस्या पनि देखिन्छन पनि ।

अझ मोबाइलको भाइब्रेसनले स्वास्थ्यमा नपुंशक हुने, क्यान्सर हुने भन्नेजस्ता हल्ला पनि चलेका सुनिन्छन ।

तर के वास्तविकता त्यस्तै हो त ? फोनको रेडियसनसँग नजिक हुदाँ यसले क्यान्सर जस्तो प्राणघातक रोगको खतरा उत्पन्न गराउँछ गराउन्न भन्नेबारे मत विभाजित छ ।

घातक भन्ने बित्तिकै मानिसहरुमा ‘रेडियसन’ प्रति त्रासको भाव पैदा हुने गरेको छ । केही रेडियसनले कोशिका तथा डीएनएलाई क्षति पुर्‍याउँछ । जसले क्यान्सरको खतरा समेत निम्त्याउँने विशेषज्ञहरु बताउँछन ।

रेडियसन के हो ?

रेडियसन भनेको वरिपरीको वातावरणमा उत्सर्जन भएका ऊर्जा तरंगहरु हुन् ।

मोबाइल फोनको हकमा रेडियसनको कुरा गर्दा ‘इलेक्ट्रोम्याग्नेटिक रेडियसन’ भन्ने बुझिन्छ ।

यसरी हेर्दा क्यान्सर उत्पन्न गराउने अल्ट्रा भायोलेट अर्थात् युभी रेडियसन पनि इलेक्ट्रोम्याग्नेटिक रेडियसन नै हो ।

यसकारण पनि धेरै मानिसहरु मोबाइल फोनको रेडियसनलाई क्यान्सरसँग जोडेर हेर्ने गरिएको छ ।

घामबाट आउने अल्ट्रा भायोलेट किरणले जब छालालाई छेडेर डीएनए रहेको सेलभित्रको स्थानमा पुग्छ तब क्यान्सर उत्पन्न गराउँछ ।

समयसँगै यसले डीएनएमा असर गर्छ र कोशिका नै प्रभावित बन्छ । शरीरमा नयाँ कोशिका उत्पादन गर्न डीएनएको विशेष भूमिका हुन्छ ।

तर डीएनएमा नै क्षति पुगेपछि नयाँ बन्ने कोशिका पनि दुषित हुन्छन् । यसरी दुषित कोशहरु बढ्दै गएपछि यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ ।

तर हामीले थाहा पाउनुपर्ने कुरा के हो भने मोबाइलफोनबाट उत्सर्जन हुने युभी रेज फरक हो ।

एक्स रे, युभी रेज तथा विभिन्न किसिमका हानिकारक रेडियसनलाई आयोनाइज गरिएको हुन्छ । मोबाइल फोन तथा डेस्क ल्याम्पहरुमा प्रयोग हुने रेडियसनलाई आयोनाइज गरिएको हुँदैन ।

यसकारण अधिकांश वैज्ञानिक तथा विज्ञहरु मोबाइलबाट उत्सर्जन हुने रेडियसन घरको रेडियटर जस्तो हुने र यससँग डराउनु नपर्ने बताउँछन् ।

यसर्थ मोबाइलको भाइब्रेसनकै कारण क्यान्सर र मानिसको मृत्यु जस्ता विषय अतिरञ्जनापूर्ण भएको विज्ञहरु बताउँछन ।

 

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ९ : २० बजे

प्रधानसेनापतिद्वारा सैनिक फिल्ड अस्पताल तथा महाविद्यालयको उद्घाटन

बुटवल । प्रधान सेनापति प्रभुराम शर्माले बुटवलमा निर्माण भएको सैनिक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि लुम्बिनी र मधेशमा सरकार विस्तारसम्म

प्रधानमन्त्री प्रचण्ड र ओली छलफल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र

दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा

तनहुँ– सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा

तीनकुनेको अनियनमा एक रुपैयाँमा रोटी 

काठमाडौं– काठमाडौंको तीनकुने स्थित हिपत फुड पोइन्ट कम्पनीद्वारा सञ्चालित अनियनमा

अरुण नदीमा पुनः सञ्चालनमा आयो

किमाथांका– सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका-९ सतिघाटस्थित अरुण नदीको