भान डाइकलाई भित्र्याउन युभेन्टसले लिभरपुलसँग गर्यो किर्तिमानी मूल्यको अफर | Khabarhub Khabarhub

भान डाइकलाई भित्र्याउन युभेन्टसले लिभरपुलसँग गर्यो किर्तिमानी मूल्यको अफर


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इटलीको सिरी ए च्याम्पियन युभेन्टसले भर्जिल भान डाइकलाई भित्र्याउन १५० मिलियन पाउण्डको किर्तिमानी मूल्य अफर गरेको छ ।

यदि युभेन्टसको यो प्रयास सफल भएमा यी डिफेन्डर दोस्रो पटक विश्वकै सबैभन्दा महंगा डिफेण्डर बन्नेछन् । यसअघि लिभरपुलले उनलाई साउथह्याप्टनबाट किर्तिमानी ७५ मिलियन पाउण्डमा अनुबन्ध गरेको थियो ।

रियल मड्रिडबाट क्रिस्टियानो रोनाल्डोलाई भित्र्याइसकेको युभेन्टसले अब भान डाइकलाई च्याम्पियन्स लिग जिताउने खेलाडीको रुपमा पहिचान गरेको हो ।

युभेन्टस स्रोतलाई उद्धृत गर्दै सनस्पोर्टले लेखेअनुसार लिभरपुलबाट सबैजसो ट्रफी जितिसकेपछि भान डाइन नयाँ चुनौतीको लागि तयार भएको युभेन्टसको बुझाइ छ ।

नेदरल्याण्डका कप्तानको रुपमा आफ्नो देशलाई गत सिजन नेशन्स लिगको फाइनलसम्म पुर्याएका भान डाइक गत सिजन बालोन डिओरमा पनि मेस्सीपछि दोस्रो स्थानमा थिए ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ७ : ३४ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका