प्रेमिकासंगको 'अन्तरंग क्षण' सार्वजनिक भएपछि कानूनी झमेलामा फसे अमेजनका मालिक | Khabarhub Khabarhub

प्रेमिकासंगको ‘अन्तरंग क्षण’ सार्वजनिक भएपछि कानूनी झमेलामा फसे अमेजनका मालिक


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टेक्सस– अमेजनका मालिक जेफ बेजोस कानुनी झमेलामा फसेका छन् । उनको निजी जीवनसंग सम्बन्धित कुरा सार्वजनिक भएपछि उनी कानूनी झमेलामा फसेका हुन् ।

हालै अमेरिकाको नेशनल इन्क्वायरर पत्रिकामा उनकी प्रेमिकासंगको अन्तरंग क्षण, फोटो र केही कुराकानीको अंश सहितको ‘टेक्स्ट म्यासेज’ प्रकाशित भएपछि विवाद बाहिर आएको हो ।

बेजोसले आफनी प्रेमिका लारेन सांचेजका भाइ माइकल सांचेजले उक्त फोटो र म्यासेज अखबारमा बेचेको आरोप लगाएका छन् । माइकले यसलाई गलत आरोप भन्दै बेजोसविरुद्ध अदालतमा मानहानीको मुद्धा दायरा गरेका छन् ।

एफबीआई जाँचको रिपोट अनुसार माइकलले अखबारमा फोटो र म्यासेज उपलब्ध गराए वापत २ लाख डलर मिलेको बताइन्छ ।

रिपोर्टमा लारेनले नै आफ्नो भाइलाई फोटो र म्यासेज उपलब्ध गराएको र माइकले अखबारमा बेचेको समेत उल्लेख गरिएको बताइन्छ ।

नेशनल इन्क्वायरर पत्रिकाका अनुसार बेजोसले लारेनसंग सम्बन्ध राखेपछि पत्नीसंग सम्बन्ध बिच्छेद भएको थियो । तत्पश्चात उनी लारेनसंग ‘लिभ इन रिलेशनसिप’मा बस्दै आएका थिए ।

माइकलेले बेजोसको आरोपले उनलाई नोक्सान पुर्‍याउने बताएका छन् । बेजोसले आफूविरुद्ध लागेको आरोपको बारेमा अहिले सम्म केही प्रतिकृया भने जनाएका छैनन् ।

यो पछिल्लो घटना मात्र नभएर यसअघि पनि उनको निजी जीवनका विवाद मिडियामा छाउने गरेका थिए ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ७ : ३६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन