डा. बाबुराम भट्टराईलाई विमान परिचारिकाले नचिनेपछि… | Khabarhub Khabarhub

डा. बाबुराम भट्टराईलाई विमान परिचारिकाले नचिनेपछि…


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बिटारनगर जाने उडानमा परिचारिकाले नचिनेपछि शहर र गाउँको राजनीतिक चेतमाथि प्रश्न उठाएका छन् ।

उनले ट्वीटरमा विमानकी परिचारिका र गाउँकी चिया पसलकी युवतीबीच तुलना गर्दै गाउँ र शहरमा राजनीतिक चेतबारे प्रश्न गरेका हुन् ।

विराटनगर जाने क्रममा विमानमा परिचारिकाले डाक्टर कहाँ जाँदा देखेजस्तो लागेको भनेपछि लेखेका छन्, ‘तपाईं डाक्टर हो ? म–हैन । किन सोध्नुभो ? उनी–डाक्टर कहाँ जाँदा देखेजस्तो लागेर ।’

त्यसपछि उनले चतरानजिकै कोशीपुलमा रहेको सानो चिया पसलमा पस्दा युवती आश्चर्यमा पर्दै खुशीले भनेको पनि सम्झिदै भट्टराई लेख्छन्, ‘केहीपछि चतरानेर कोशीपुलमा सानो चिया पसलमा पसियो ! पसले युवती चिच्याइन्–ओहो बाबुराम ? म–कसरी चिन्नुभो ? उनी–फोटो र टिभीमा देखेर !’

अध्यक्ष भट्टराईले ट्वीटरमा आफूहरु ‘आउटडेटेड’ भएका त हैनौं भनेर प्रश्न समेत गरेका छन् ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ६ : ०६ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश