ठमेलमा गुण्डागर्दी गर्ने ‘राते डन’ पक्राउ | Khabarhub Khabarhub

ठमेलमा गुण्डागर्दी गर्ने ‘राते डन’ पक्राउ


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको ठमेल क्षेत्रलाई आधार बनाएर गुण्डागर्दीमा संलग्न ‘राते डन’ भनिने सुजन श्रेष्ठ पक्राउ परेका छन् ।

ज्यान मार्ने उद्देश्यले १ जना व्यक्तिलाई रडले हानेर घाइते बनाएको अभियोगमा महानगरीय अपराध महाशाखाले राते भनिने श्रेष्ठलाई पक्राउ गरेको हो ।

१८ चैत २०७५ मा गुण्डा नाइके रातेसहति रेम्बो भनिने अजय गुरुङले विष्णु कठायतमाथि रड प्रहार गरेका थिए ।

कठायतले प्रहरीमा उजुरी दिएपछि फरार भएका रातेलाई शुक्रबार नियन्त्रणमा लिइएको अपराध महाशाखाले जनाएको छ ।

पक्राउ परेका रातेमाथि ज्यान मार्ने उद्योग गरेको कसुरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  २ : ४८ बजे

प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी

अत्तरिया–  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले खेलकुदका क्षेत्रमा

अमेरिका भ्रमण सकाएर स्वदेश फर्किए अर्थमन्त्री पुन  

काठमाडौं– अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् । 

अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

इजरायल– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय

पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा