सरकारले माग्यो २ सय ३२ जना जासूस, एसएलसी पास गरेकाले पनि भर्न पाउने (विज्ञापनसहित) | Khabarhub Khabarhub

सरकारले माग्यो २ सय ३२ जना जासूस, एसएलसी पास गरेकाले पनि भर्न पाउने (विज्ञापनसहित)


१८ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारको गुप्तर निकाय राष्ट्रिय अनुसन्धान विभागले २ सय ३२ जना सहायक सूचक(जासूस)का लागि दरखास्त आह्वान गरेको छ ।

यस सम्बन्धी विज्ञापन शुक्रवारको गोरखापत्रमा प्रकाशन गरिएको छ । सो सम्बन्धी आवेदन यही आउँदो माघ १९ गते सम्ममा दिनुपर्ने विज्ञापनमा जनाइएको छ ।

विज्ञापनमा जनाइए अनुसार विभागमा रिक्त रहेको सहायक सूचक( राजपत्र अनंकित चतुर्थ श्रेणी सरह) को लागि खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न लागिएको जनाइएको छ ।

जसमा खुल्लाबाट १२८ र समाबेशीबाट आदिवासी जनजाति, मधेशी, महिला, दलित र पिछडिएका क्षेत्रबाट समेत गरी १०४ जना नियुक्त गरिने जनाइएको छ ।

विज्ञापनमा जनाइए अनुसार मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा एस.एल.सी. वा एस.ई.ई.उत्तीर्ण वा सो सरहको उपाधि प्राप्त गरेको । ग्रेडिङ पद्धतिबाट शैक्षिक योग्यता हासिल गरेको हकमा जीपीए २ वा सो भन्दा माथिको ग्रेड प्वाइन्ट प्राप्त गरेको हुनुपर्नेछ ।

विदेशी शैक्षिक संस्थाबाट सो सरहको शैक्षिक योग्यता प्राप्त गरेको भए सम्बन्धित निकायबाट समकक्ष निर्धारण गरिएको प्रमाणपत्र पनि पेश गर्नुपर्नेछ ।

आवेदन दिनका लागि उमेर २०७६ बैशाख १ गते १८ वर्ष पूरा भइ २५ वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  ११ : ३३ बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना