तेस्रो एकदिवसीयमा भारत विजयी | Khabarhub Khabarhub

तेस्रो एकदिवसीयमा भारत विजयी


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पाहुना टोली भारतले तेस्रो एकदिवसीय क्रिकेटमा घरेलु टिम अष्ट्रेलियालाई पराजित गरेको छ ।

क्यानबेरामा बुधबार भएको खेलमा भारतले अष्ट्रेलियालाई १३ रनले पराजित गरेको हो ।

भारतले दिएको ३ सय ३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभर ३ बलमा अलआउट हुँदै २ सय ८९ रनमा समेटियो।

अष्ट्रेलियाका कप्तान आरोन फिन्चले ७५ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीको हार जोगाउन सकेनन् । यस्तै ग्लेन म्याक्सवेलले ५९ रनको अर्धशतकीय इनिङ्स खेल्दै आउट भए ।

एलेक्स केरीले ३८ रन जोड्दा एस्टन अगरले २८ रन बनाए । मोइस हेन्रिक्स २२ र क्यामरुन ग्रीन २१ रनमा आउट भए ।

भारतका सार्दुल ठाकुरले ३ विकेट लिए । जस्प्रित बुम्राह र टी नटराजनले २/२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय २ रन बनाएको थियो ।

भारतका लागि हार्दिक पाण्डयले अविजित रहदै ९२ रनको अर्धशतकीय इनिङ्स खेले । अर्धशतकीय इनिङ्स खेलेका अर्का खेलाडी रविन्द्र जडेजाले अविजित ६६ रन बनाए । यस्तै कप्तान विराट कोहलीले पनि ६३ रनको अर्धशतकीय इनिङ्स खेले ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ७ : ०५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६