युरोपेली युनियनसँग सहकार्यको क्षेत्र बढ्ने प्रधानमन्त्रीको विश्वास | Khabarhub Khabarhub

युरोपेली युनियनसँग सहकार्यको क्षेत्र बढ्ने प्रधानमन्त्रीको विश्वास


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि युरोपियन युनियनको डेलिगेसन प्रमुख नोना डिप्रेजबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपालका लागि युरोपियन युनियनको नवनियुक्त डेलिगेसन प्रमुख डिप्रेजलाई स्वागत गर्दै उनको कार्यकालमा आपसी सम्बन्ध अझ प्रगाढ होस् भन्ने कामना गरेका छन् ।

भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले नेपाल र इयुबीच धेरै विषयमा समनता रहेको जनाउँदै इयुले कोभिड १९ को रोकथाम र उपचारलगायत विविध विषयमा गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

जवाफमा डेलिगेसन प्रमुख  नोनाले नेपालमा जलवायु परिवर्तन लगायतका क्षेत्रमा आफूहरुले थप सहकार्य गर्न चाहेको र विगतदेखि हुँदै आएको सहयोगको निरन्तरता हुने बताएकी थिइन ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ७ : ५३ बजे

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको