२० अर्ब बराबरको ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक | Khabarhub Khabarhub

२० अर्ब बराबरको ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले यही कात्तिक १९ गते रु २० अर्ब बराबरको ‘विकास ऋणपत्र २०८७ घ’ बिक्री गर्ने भएको छ ।

नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले बोलकबोल प्रक्रियाबाट उक्त ऋणपत्र बिक्री गर्न लागेको हो । व्याजदरसमेत बोलकबोल प्रक्रियाबाट निर्धारण हुने केन्द्रीय बैंकले आज जारी गरेको सूचनामा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्था, गैर बैंक, वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले समेत उक्त ऋणपत्र खरिद गर्न सक्नेछन् । उक्त ऋणपत्र धितो राखी कर्जा लिन वा दिन पाइनेछ । ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिकरुपमा हुने र आर्जित व्याजमा समेत व्याजकर लाग्ने सूचनामा उल्लेख छ ।

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुनसक्नेछ भने प्रतिस्पर्धी र अप्रतिस्पर्धीबीच बोलकबोल प्रक्रियामा क्रमशः ८५ र १५ प्रतिशत गरी छुट्याइएको छ । प्रतिस्पर्धीलाई रु १७ अर्ब र अप्रतिस्पर्धीलाई रु तीन अर्ब छुट्याइएको छ ।

घटीमा रु ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ रु ५० हजारले भाग गर्दा निशेषः भाग जाने अङ्कमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ । केन्द्रीय बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले प्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन् ।

इच्छुक बोलकबोलवालाले बहुव्याजदरमा समेत बोल गर्नसक्ने व्यवस्था गरिएको छ । ऋणपत्रको कारोवार दोस्रो बजार कारोवारमार्फत नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत हुनेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ६ : १८ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको