छालामा निस्किएका डल्ला हप्ता दिनमै हटाउने यस्ता छन् घरेलु उपाय | Khabarhub Khabarhub

छालामा निस्किएका डल्ला हप्ता दिनमै हटाउने यस्ता छन् घरेलु उपाय


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– समान्यतया शरीरका विभिन्न भागमा स–साना डल्ला निस्कने समस्या धेरै मानिसको हुनसक्छ । कसैको शरीरमा थोरै निस्कन्छ त कसैकोमा धेरै ।

यी डल्ला हेर्दा डरलाग्दा देखिन्छन् तर यिनले खासै हानी गर्दैनन् । सौन्दर्यलाई भने यिनीहरूले बिगार्छन् । केही उपाय अपनाएमा भने यस्ता डल्ला घरै बसेर हटाउन सकिन्छ ।

चुक अमिलोले यी डल्ला हटाउन मद्दत गर्छन् । एप्पल साइडर भिनेगर (स्याउबाट बनेको चुक अमिलो)ले सजिलै डल्ला हटाइदिन्छ ।

यसका लागि तपाईंले कपास चुक अमिलोमा डुबाउनुस् । त्यसपछि यसलाई छालाका डल्लामा दिनको दुईतीनचोटि घोट्नुस् । यो प्रक्रिया दैनिक अपनाउनु भयो  भने डल्लाको रंग परिवर्तन हुन्छ र आफैं झरेर जान्छ । यसो हुन लगभग एक हप्ता लाग्छ वा सो भन्दा केही बढी पनि लाग्न सक्छ ।

मान्छेमा छालाका डल्ला पलाउनु सामान्य कुरा हो । यी डल्ला घातक हुन्नन् । छालाबाट झुण्डिएका साना र नरम बेलूनजस्ता देखिन्छन् ।

पुरुष र महिला दुवैमा छालाको डल्लो हुन सक्छ । प्रायः मोटा मान्छेमा छालाको डल्ला निस्कन्छन् । कुनै कुनै डल्ला आफैं झर्छन् भने कुनै चाहिँ रहिरहन्छन् । यिनलाई मेडिकल भाषामा एक्रोकोर्डन भनिन्छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ७ : ४४ बजे

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र