अमेरिकामा थप ७१ हजारमा संक्रमण | Khabarhub Khabarhub

अमेरिकामा थप ७१ हजारमा संक्रमण


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा थप ७१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ७१ हजार ३२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ९४ लाख ७३ हजार ९११ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६१ लाख ३ हजार ६०५ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ३१ लाख ३३ हजार ८३५ जनामध्ये १७ हजार २०५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ३६ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप ३९९ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ३६ हजार ४७१ पुगेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ११ : ०५ बजे

सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र

राँझा– बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

पौडी खेल्दा डुबेर एक जनाको मृत्यु

दैलेख– दैलेखमा पौडी खेल्दा डुबेर एक जनाको मृत्यु भएको छ

सुदूरपश्चिममा समाजवादीकै नेतृत्वमा सरकार बन्छ : राजेन्द्र पाण्डे 

काठमाडौं– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न दिएको

डा अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा अन्जान शाक्यलाई राष्ट्रियसभा