मोरङ र सिन्धुलीमा थप तीन संक्रमितको मृत्यु | Khabarhub Khabarhub

मोरङ र सिन्धुलीमा थप तीन संक्रमितको मृत्यु


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोरङ र सिन्धुलीमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोशी अस्पताल र नोबेल मेडिकल कलेजमा पछिल्लो २४ घण्टामा थप दुई संक्रमितको मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका–३ का ७० वर्षीय वृद्धको उपचारका क्रममा कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आइतबार साँझ मृत्यु भएको छ ।

अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार कात्तिक ७ गते कोरोना पुष्टि भएपछि कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएका वृद्धको मृत्यु भएको हो ।

यस्तै नोबेल शिक्षण अस्पतालमा उपचाररत झापाको दमक नगरपालिका–२ का ७२ वर्षीय वृद्धको पनि मृत्यु भएको छ ।

पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएकोमा उपचारका क्रममै आइतबार साँझ मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए ।

यस्तै सिन्धुलीमा पनि कोरोना भाइरसको संक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणबाट सिन्धुलीको कमलामाई नगरपालिका ६ पानीटंकीकी एक ८४ वर्षीया वृद्धाको मृत्यु भएको हो।

सिन्धुली अस्पतालमा उपचारका क्रममा उनको आइतबार राति मृत्यु भएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले जानकारी दिए।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ८ : ४२ बजे

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको