हाम्रो पात्रोमा अब आफूलाई मनपर्ने समाचार स्रोत यसरी सहजै पढ्न पाइने | Khabarhub Khabarhub

हाम्रो पात्रोमा अब आफूलाई मनपर्ने समाचार स्रोत यसरी सहजै पढ्न पाइने


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  – ‘हाम्रो पात्रो’ एपको न्युज पर्सनलाइजेसन (आफूलाई मनपरेका विश्वस्निय समाचार स्रोतहरुलाई रोजेर समाचार पढ्न मिल्ने सुविधा) फिचर बेटा भर्सनमा उपलब्ध भएको छ ।

कम्पनीले बिहीबार एन्ड्रोइड प्रयोगकर्ताका लागि यसको बेटा भर्सन सार्वजनिक गरेको हो ।

अबको केही दिनमा iPhone प्रयोगकर्ताहरुका लागि समेत यो सुविधा समेटिएको बेटा भर्सन उपलब्ध हुने कम्पनीले जनाएको छ । प्रयोगकर्ताले आफ्नो व्यक्तिगत रुची तथा आवश्यकता अनुरुपका समाचारहरु पर्सनलाइज गर्न सक्ने गरी यो फिचर ल्याइएको हाम्रो पात्रो इंकले जनाएको छ ।

एपको समाचार खण्डमा ‘For You’ अर्थात ‘तपाईंको लागि’ फिचर प्रयोग गरी तपाईंले समाचार स्रोत र समाचारको क्याटेगरी (वर्ग) रोज्न सक्नुहुनेछ ।

‘हाम्रो पात्रो’ले सन् २०१४ मा पहिलो पटक समाचार पढ्न सकिने फिचर ल्याएको थियो । हाल यो फिचर हाम्रो पात्रो एपमा सर्वाधिक रुचाइएको फिचर बनेको छ ।

एपमा ६० भन्दा बढी न्युज पोर्टलहरु सूचीबद्ध रहेका छन् । समाचार माध्यमहरु धेरै हुँदा प्रयोगकर्तालाई आफूले चाहजस्तै समाचार फेला पार्न कठिनाई हुनसक्ने भएकोले प्रयोगकर्ताको मागअनुरुप यस किसिमको अहसहजतालाई अन्त्य गर्न हाम्रो पात्रोले यो फिचर ल्याएको हो ।

हाल सीमित प्रयोगकर्तामाझ परीक्षणको क्रममा रहेको यो फिचर अर्को सातासम्म पब्लिक भर्सनका रुपमा सबैका लागि उपलब्ध हुने हाम्रो पात्रो इंकका सीईओ शंकर उप्रेतीले जानकारी दिए ।

कसरी प्रयोग गर्ने हाम्रो पात्रोको बेटा भर्सन ?

> हाम्रो पात्रोको एन्ड्रोइड बेटा भर्सन प्रयोग गर्न सुरुमा यहाँ क्लिक गर्नुहोस् ।

> अब ‘बिकम अ टेस्टर’ बटनमा ट्याप गर्नुहोस् ।

> यति गरेसँगै तपाईंको मोबाइलमा रहेको हाम्रो पात्रो स्वतः बेटा भर्सनमा रुपान्तरण हुनेछ ।

> यदि तपाईंको स्मार्टफोनमा हाम्रो पात्रोको एप इन्स्टल गरिएको छैन भने यहाँ क्लिक गरी डाउनलोड गर्नुहोस् ।

> अब हाम्रो पात्रो एप खोल्नुहोस् र समाचार खण्डमा प्रवेश गर्नुहोस् ।

> त्यहाँ अब तल पुछारको दोस्रो विकल्पमा ‘तपाईंका लागि’ विकल्प देख्नुहुनेछ, त्यसमा दबाउनुहोस् ।

> हाम्रो पात्रो लगइन छैन भने त्यहाँ दिइएको लगइन बटनमा थिच्नुहोस् ।

> लग इन गरेसँगै तपाईंले अब प्लस (जोड) चिन्ह देख्नुहुनेछ, त्यसमा दबाउनुहोस् ।

> अब त्यहाँ देश, साहित्य, स्वास्थ्य, प्रविधि, अर्थ, विश्व, मनोरञ्जन, खेलकुद जस्ता समाचार वर्गहरु देख्नुहुनेछ ।

त्यसमा आफूलाई मन पर्ने वर्गहरु छान्नुहोस् र माथि दायाँ कुनामा रहेको ‘अर्को’ मा क्लिक गर्नुहोस् । अब त्यहाँ तपाईंले विभिन्न न्युज पोर्टलहरु देख्नुहुनेछ ।

जसबाट तपाईं कुन कुन न्युजपोर्टलको समाचार पढ्न चाहनुहुन्छ रोजेर माथि दायाँ कुनामा रहेको ‘भयो’ मा दबाउनुहोस् ।   यति गरेसँगै अब हाम्रो पात्रोको एपमा अघिकै ‘तपाईंको लागि’ अप्सनमा जानु भयो भने त्यहाँ तपाईंले रोजेका समाचार मात्रै देखा पर्नेछन् ।

यदि तपाईं हाम्रो पात्रोको बेटा टेस्टिङ भर्सनबाट पब्लिक भर्सनको एपमा फर्किन चाहनुहुन्छ भने यसलाई अनइन्स्टल गरी पब्लिक भर्सनको एप इन्स्टल गर्न सक्नुहुनेछ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ९ : ५६ बजे

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि

कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल

काठमाडौं– कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल भएको छ । नेकपा

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी