श्रीलङ्कामा मुसे ज्वरोबाट यो वर्ष ७० भन्दा बढीको मृत्यु, ६ हजारभन्दा बढी सङ्क्रमित | Khabarhub Khabarhub

श्रीलङ्कामा मुसे ज्वरोबाट यो वर्ष ७० भन्दा बढीको मृत्यु, ६ हजारभन्दा बढी सङ्क्रमित


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – श्रीलङ्कामा सन् २०२० मा मुसे ज्वरोबाट सङ्क्रमित ७० जनाको मृत्यु भएको र करिब ६ हजारभन्दा बढी विरामी परेको स्वास्थ्य मन्त्रालय सरुवा रोग नियन्त्रण एकाइले शुक्रबार जानकारी गराएको छ ।

देशको मध्य–दक्षिण क्षेत्र रत्नपुरामा सबैभन्दा बढी बिरामीहरू भेटिएको पनि सरकारी तथ्याङ्कमा उल्लेख छ । एकाइका अनुसार बिरामीहरुको सङ्ख्यामा जनवरी, फेब्रुअरी र मेमा वृद्धि भएको देखिएको छ ।

यो वर्ष मुसे ज्वरोको सङ्क्रमण रत्नपुरामा एक हजार ३०० भन्दा बढी बिरामीहरूमा देखिएको छ भने कोलम्बोको बाहिरी भागमा पर्ने कलुतारामा २०० भन्दा बढी बिरामीहरू भेटिएका छन् । त्यस्तै दक्षिणी शहर ग्यालमा पनि २०० भन्दा बढी व्यक्ति उक्त समस्याबाट पीडित भएका छन् ।

सन् २०१९ मा पनि छ हजार २१ व्यक्ति मुसे ज्वरोको समस्याबाट पीडित बनेका थिए । खास गरी किसान, सरसफाईकर्मी र प्रदुशित पानीमा खेल्ने व्यक्ति उक्त ज्वरोका कारण बढी प्रभावित बनेका थिए ।

चिकित्सकहरूका अनुसार मुसे ज्वरो आएका विरामीहरूमा शरीरमा उच्च तापक्रम हुने, चिसो महशुस हुने, मांसपेशी दुख्ने र कमजोर हुने, टाउको दुख्ने पिसाब कम लाग्ने लक्षणहरू पाइने गर्छन् ।

यो समस्याबारे तत्काल चिकित्सकको परामर्श लिई उपचार सेवा नलिँदा ज्यानै जाने खतरा पनि हुने गर्छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ८ : २८ बजे

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो

गगन थापाको टिप्पणी- बा र भगवान प्रश्नभन्दा माथि !

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा

काठमाडौं– राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् । माओवादीबाट

सुदूरपश्चिममा दुई मन्त्रीको जिम्मेवारी तोकियो

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश