बागलुङका बाढी पहिरो पीडितलाई प्रभु बैंकको ५ लाख सहयोग | Khabarhub Khabarhub

बागलुङका बाढी पहिरो पीडितलाई प्रभु बैंकको ५ लाख सहयोग


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागलङ जिल्लाको बाढी पहिरोले क्षतिग्रस्त ढोरपाटन नगरपालिकालाई प्रभु बैंकले पाँच लाख सहयोग प्रदान गरेको छ ।

बाढी पहिरोले क्षतिग्रस्त क्षेत्र वडा नं. ७, ८ र ९ को निरिक्षणपछि प्रभु बैंकका सिइओ अशोक शेरचनले नगरपालिकालाई बाढी पीडित उद्वार कोषमा रहनेगरि पाँच लाख सहयोग प्रदान गरेका हुन् ।

बाढी पहिरोले क्षतिग्रस्त क्षेत्र वडा नं. ७, ८ र ९ को गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरुङ र भौतिक योजनामन्त्री रामशरण बस्नेतबाट पनि बिशेष निरीक्षण भएको छ ।

सो अवसरमा मन्त्री द्वयले बाढी प्रभावित स्थानियहरुको समस्या बुझी उक्त ठाउँहरुमा केन्द्रीय विद्युत प्रसारण लाइनको सेवा पुर्‍याउने क्षतविक्षत भएका संरचनाहरुको निर्माणका लागि प्रदेशकातर्फबाट बिशेष प्रकारको सुविधा सम्पन्न सेवा प्रवाहिका लागि कार्यालय स्थापना गर्ने जानकारी पनि दिएका छन् ।

करिब ३७ जनाले ज्यान गुमाएको, विद्यालय, स्वास्थ्य चौकी, लघु जलविद्युत, पुल र १०० वटा जति घर उक्त घटनाको कारण ध्वस्त भएका छन ।

बुर्तिबाङमा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख, आर्थिक मामिलामन्त्री र भौतिक योजनामन्त्रीले विशेष मन्तब्य राखेका थिए ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  २ : १० बजे

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले