ओली-प्रचण्ड वार्ता : शनिबार सचिवालय बैठक बोलाउने निर्णय | Khabarhub Khabarhub

ओली-प्रचण्ड वार्ता : शनिबार सचिवालय बैठक बोलाउने निर्णय


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वार्तामा शनिबार सचिवालय बैठक बोलाउने निर्णय भएको छ ।

शुक्रबार झण्डै पौने घण्टा भएको वार्तामा मन्त्रिमण्डल पुनर्गठन र राजदूत नियुक्तिबारे कुराकानी भएको थियो ।

अध्यक्ष प्रचण्डले पार्टीमा छलफल नै नगरी राजदूत नियुक्ति गर्न सिफरिस गरेपछि पार्टीमा असन्तुष्टि बढ्न पुगेको भन्दै ओलीको ध्यानाकर्षण गराएका थिए ।

पार्टीभित्र अनसन्तुष्टि बढेपछि शनिबारलाई सचिवालय बैठक बोलाउने र समग्र विषयमा सोही बैठकमा छलफल गर्ने अध्यक्षद्वयबीच समझदारी भएको छ ।

सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठन र राजदूत नियुक्तिबारे छलफल हुने एक नेताले बताए ।

मन्त्रिपरिषद पुनर्गठनमा कुरा मिल्न नसकिरहेका बेला सरकारले पार्टीसँग छलफल र परामर्श नै नगरी तीन देशका राजदुत नियुक्तिका लागि सिफरिस र मुख्यसचिव नियुक्त गरेपछि नेकपामा फेरि खटपट सुरु भएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १२ : ०४ बजे

बारम्बार तिर्खा लाग्नु स्वास्थ्य समस्या हुन सक्छ !

काठमाडौँ– अहिले गर्मी मौसम सुरु भएको छ । गर्मीमा पसिना

आईपिएल : ८९ रनमा समेटिएको गुजरातमाथि दिल्लीको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको

कतै मेघगर्जन र चट्याङसहितको वर्षा, कतै हावाहुरी

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं– सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ६ गते बुधबार सन्