क्रिकेट खेलाडी वर्गिकरणमा राखेपको चासो, माग्यो स्पष्टीकरण | Khabarhub Khabarhub

क्रिकेट खेलाडी वर्गिकरणमा राखेपको चासो, माग्यो स्पष्टीकरण


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्यानले २०२० का लागि गरेको खेलाडी वर्गिकरणमा चासो देखाएको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै राखेपले क्यानलाई खेलाडी वर्गिकरणमा देखिएको समस्याबारे स्पष्टीकरण माग गरेको छ ।

राखेपले नेपाल क्रिकेट खेलाडी संघ –सिप्यान) र क्रिकेट खेलाडीको निवेदनको सुनुवाइका रुपमा क्यानलाई किन खेलाडीको वर्गिकरणमा परेनन् र किन तलमाथि भए कारणसहित ७ दिनभत्र प्रष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)र विभिन्न क्रिकेट खेलाडीले क्यानको वर्गिकरण चित्त बुझ्दो नभएको भनी राखेपमा निवेदन दर्ता गराएको सम्बन्धमा राखेपको गम्भीर ध्यानाकर्षण भएको छ । क्रिकेट खेलाडीहरुको वर्गीकरणको आधार र वर्गिकरणमा नपर्नका कारण समेत राखेपमा ७ दिन भित्र स्ष्टीकरण पेश गर्न निर्देशन दिइएको व्यहोराको पत्र क्यानका अध्यक्ष र सचिवलाई इमेल मार्फत पठाइएको छ।’

क्यानले भने बिहीबार मात्रै यसअघि गरिएको खेलाडी वर्गिकरण सच्याइने बताइसकेको छ ।

क्यान अध्यक्ष चतुर बहादुर चन्दले जारी गरेको विज्ञप्तीमा राष्ट्रिय टीम बर्गिकरण समितिका संयोजक रोशन सिंहसहितको टिमलाई खेलाडी, प्रशिक्षकहरुसँगको छलफल गरि पुन बर्गिकरण निर्धारण गर्न निर्देशन दिएको छ ।

क्यानले अब बस्ने बोर्ड बैठक अगाडि नयाँ वर्गिकरण ल्याउन निर्देशन दिएको छ । क्यानले १८ जना पुरुष खेलाडी र १९ जना महिला खेलाडीलाई वर्गिकरणमा समावेश गरेको थियो ।

जसलाई ए, बी र सी श्रेणीमा छुट्याइएको थियो । क्यानले खेलाडीको तलबसमेत निर्धारण गरेको थियो । जसमा पुरुष तर्फ ए, बी र सी तहका खेलाडीले क्रमशः ५० हजार, ४०  हजार र ३० हजार दिने निर्णय गरेको थियो ।

यस्तै, महिला तर्फ ए, बी र सी तहका खेलाडीले क्रमशः १५ हजार, १२ हजार र १० हजार तोकेको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ११ : ३१ बजे

प्रधानमन्त्रीसँगको भेटमा झलनाथ खनालले के भने ?  

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ

६ वर्षमा वाणिज्य बैंकका शाखा कार्यालय २ हजारले बढे

काठमाडौँ– पछिल्लो ६ वर्षको समयमा वाणिज्य बैंकहरुको शाखा २ हजारको

आज चैते दसैँ पर्व मनाइँदै

काठमाडौँ– आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु

आज सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु हुँदै

काठमाडौँ– वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा आज सुरु

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै