उचित व्यवस्थापनसहित काठमाडौंमा १४ दिने स्वास्थ्य संकटकाल घोषणा गरौँ : प्रदेश सांसद शाक्य | Khabarhub Khabarhub

उचित व्यवस्थापनसहित काठमाडौंमा १४ दिने स्वास्थ्य संकटकाल घोषणा गरौँ : प्रदेश सांसद शाक्य


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वागमती प्रदेशका प्रदेश सांसद डाक्टर अजयक्रान्ति शाक्यले उचित व्यवस्थापनसहित काठमाडौंमा १४ दिने स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने बताएका छन् ।

‘अहिलेको अवस्था हेर्ने हो भने संक्रमण फैलिएको स्थान र क्षेत्रलाई हेरेर स्वास्थ्य संकटकाल घोषणा गर्नु उपयुक्त देखिन्छ । यसमा नागरिक तहबाट पनि सहयोगको आवश्यक छ । १४ दिन देखि २१ दिनसम्मको स्वास्थ्य संकटकाल घोषणा गरी ‘पव्लिक मोविलिटी’ पूर्ण रुपमा नियन्त्रण गर्न सकिन्छ,’ उनले भने, ‘संकटकाल घोषणा गर्नु दुई तीन दिन अघि नै सार्वजनिक सूचना व्यापक मात्रामा दिएर जनतालाई घर भित्रै १४ दिन बस्नका लागि चाहिने आवश्यक बस्तुहरु व्यवस्थापन गर्न लगानउनु पर्छ ।’

उनले संकटकालको समय अहिलेको लकडाउन जस्तो खुकुलो हुनु नहुने पनि बताए । ‘अति आवश्यक बाहेक पूर्ण रुपमा निषेधाज्ञा पालना गर्न लगाउनु पर्छ । यो कठिन अवस्थालाई युद्धको अवस्था सम्झेर सरकारले दिएको आदेशहरु जनताले आफ्नो कर्तव्य ठानी पूर्ण पालना गर्नुपर्छ,’ उनले भने, ‘त्यस्तो बेलामा दिनदिनै कमाएर खानु पर्ने समाजका अति न्यूनवर्गलाई १४ दिन घरभित्रै बस्ने बातावरण बनाउन स्थानीयलाई स्थानीय सरकारले १४ दिनका लागि आवश्यक सामग्री राहत स्वरुप उपलब्ध गराउनुपर्छ । दैनिक कमाएर खानु पर्नेका लागि संघीय र प्रदेश सरकारले उक्त अवधिका लागि राहतको व्यवस्था गर्नुपर्छ । । यसो भयो भने ती क्षेत्रहरुमा कोभिड–१९ को भाईरस न्यून हुनजान्छ । समुदायमा संक्रमण फैलिन पाउँदैन ।’

उनले १४ दिनदेखि २१ दिनसम्मको संकटालपछि केही खुकुलो लकडाउन गर्न पनि सुझाव दिएका छन् । ‘त्यस्तो बेलामा दुई चार घण्टा सवै मापदण्ड पालना गर्न लगाएर अत्यावश्यक कार्यहरुको लागि खुकुलो गर्नुपर्छ । त्यो अवधिमा पनि स्वयं सेवक तथा समुदायका व्यक्तिहरुले चनाखो भई संक्रमण अवस्थालाई ध्यान दिएर निगरानी बढाउनुपर्छ,’ उनले भने, ‘स्थिति विस्तारै सामान्य गर्ने तर्फ गएपछि सहज रुपमा अघि बढ्न सकिन्छ ।’

त्यो अवधीमा कोरोना संक्रमण हुनबाट समुदायलाई जोगाउन कन्ट्याक ट्रेसिङलाई सुक्ष्म रुपमा लैजानु पर्ने सुझाव पनि दिएका छन् । उनले कोभिडको सक्रमण फैलिन नदिन विभिन्न सूचनाहरु मात्र होइन कोभिड भएकाहरुलाई समेत प्रोत्साहित गर्ने खालका सामाजिक चेतनामूलक सूचनाहरु व्यापक रुपमा प्रचार गर्नुपर्नेलगायतका पनि सुझाव दिएका छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  १२ : २० बजे

दिल्लीद्वारा गुजरातलाई २२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन