सुपरवुमेन सिन्ड्रोम : जहाँ आफ्नो प्रशंसामात्र सुन्ने चाहाना हुन्छ | Khabarhub Khabarhub

सुपरवुमेन सिन्ड्रोम : जहाँ आफ्नो प्रशंसामात्र सुन्ने चाहाना हुन्छ


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सबै मानिसलाई आफ्नो छबि राम्रो होस् चाहना हुन्छ । आन्तरिक रुपमा मानिस जति नै खराब भएपनि अरुको नजरमा भने असल र चरित्रवान बन्न चाहान्छन् ।

उनीहरुको मानसिकतामा आफु कसरी राम्रो हुने भन्दा पनि अरुको नजरमा आफ्नो छबि कसरी राम्रो पार्ने भन्ने हुने गर्दछ ।

यस्तो मामलामा महिलाहरु अगाडी पर्दछन् । महिलाहरु आफुलाई अरुको नजरमा राम्रो देखाउन वा उत्कृष्ट छु भन्ने पार्न खोज्नु एक प्रकारको लत हो । यसलाई ‘सुपरवुमेन सिन्ड्रोम’ भनिन्छ । सर्वत्र आफ्नो चर्चा वा हरेक क्षेत्रमा सही छु भन्ने देखाउन खोज्ने लतलाई ‘सुपरवुमेन सिन्ड्रोम’ भनिन्छ ।

यस लतमा महिला आफुलाई हरेक क्षेत्रमा सही छु भनेर देखाउन खोज्छन् र आफ्ना बारेमा सबैबाट प्रसंशा मात्र सुन्न चाहान्छन् । यो लतको शिकार भएकाहरुले यस प्रकारको अनुभुती गर्न नपाएमा डिप्रेशनसम्म जाने गर्दछन् । यो समस्या, कार्यालयमा काम गर्ने, सामाजिक अभियन्ता, गृहणी लगायतका महिलामा बढि देखिन्छ । विशेष यो समस्या युवा उमेरमा बढि देखिने गर्दछ ।

लक्षण
– आफुलाई एक सर्वगुण सम्पन्न महिला भएको भावना विकास हुनु ।
– हरेक क्षेत्रमा जान्ने बुझ्ने महिलाका रुपमा छबि बनाउन खोज्नु ।
– सकेसम्म अरुको ध्यान आफुतर्फ आर्कषित गर्न खोज्नु ।
– आफ्नो प्रशंसा सुन्न अरुलाई खुशी पारेर राख्नु ।
– काम पर्दा बाहेक कसैसंग पनि बोल्न नखोज्नु ।
– बिस्तारै आत्मसम्मान र मनोबल गिर्दै जानु ।
– कसैसंग खुलेर कुरा गर्न नचाहानु ।

यसबाट बच्ने उपाय
– आफ्नो क्षमताभन्दा बाहिरको धेरै आशा गर्नु हुदैन ।
– यस्तो लतबाट बच्न सबैभन्दा पहिला आफ्नालागी समय निकाल्नु पर्दछ ।
– आफुलाई एक्लो वा आफ्नो साथमा कोहि नभएको महशुस गर्नु हुदैन ।
– सकेसम्म आफुलाई खुसी राख्ने प्रयाश गर्नु पर्दछ ।
– एकै पटक हरेक क्षेत्रमा सफल हुन सकिदैन भन्ने मानसिकता बनाउनु पर्दछ ।
– समयमा खाने, व्यायाम गर्ने समय निश्चित पार्नु पर्दछ । पर्याप्त निन्द्रा सुत्नु पर्दछ ।
– जीवनलाई उर्जावान् र खुशीमय बनाउनु पर्दछ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ९ : १६ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६