आजको मौसम : पाँच वटा प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना | Khabarhub Khabarhub

आजको मौसम : पाँच वटा प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेश र प्रदेश ५ मा हल्कादेखि मध्यमखालको पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बाँकी प्रदेशका एक/दुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित सामान्य पानी परिरहेको छ ।

आज मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सर्ने क्रममा रहेकोले गण्डकी प्रदेशदेखि पश्चिमतिरका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

आज राति पनि देशभरको मौसम सामान्य बदली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई ठाउँमा आजराति ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तीन दिनको मौसमको पूर्वानुमान

भाद्र १७ गते (वुधबार)

दिउँसो : देशभर सामान्यतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेशका थौरै स्थानहरुमा र बागमती प्रदेश केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र १८ गते (बिहिबार)

दिउँसो : देशभर सामान्यतया बदली रहि केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक/दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र १९ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ९ : ०० बजे

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश