बहिर्गमन भिसाका लागि निवेदन दिन दूतावासको आग्रह | Khabarhub Khabarhub

बहिर्गमन भिसाका लागि निवेदन दिन दूतावासको आग्रह



दोहा : साउदी अरबबाट स्वदेश फर्किन चहाने अकामाको म्याद सकिएका र कम्पनीले हुरुप लगाएका तथा कम्पनी छाडेकाहरुलाई (एक्जिट भिसा)का लागि निवेदन दिन साउदीस्थित नेपाली दूतावासले अनुरोध गरेको छ ।

साउदी अरब पुगेपछि नै अकामा नबनाइदिएका, पाँच महिनाभन्दा लामो समदेखि अकामाको म्याद सकिएका र कम्पनीले हुरुप लगाएका तथा कम्पनी छाडेकाहरुले यो समयमा स्वदेश फर्कनका लागि चहाने नेपालीहरुले यो प्रकृयामा भाग लिनको लागि निवेदन दिन सकिन्छ दूतावासले जनाएको छ ।

बहिर्गमन भिसाका लागि निवेदन दिँदा दूतावासमा पासपोर्टमा आफ्नो फोटो रहेको पाना, अकामा( पाँच महिनाभन्दा लामो समयदेखि सकिएको भएमा), अकामा नबनाएको भएमा साउदी जाँदा साउदीको एअरपोर्टमा अध्यागमन काउन्टरमा लेखिएको बोर्डर नम्बर(यस्तो नम्बर अरबी भाषामा पासपोर्टको पानामा लेखिन्छ) कागजपत्र दूतावासमा पेश गर्नुपर्ने जनाएको छ ।

दूतावासका अनुसार यो प्रकृया थालनी भएपछि यसअघि नै ७३८ जना नेपालीले यस्तो भिसा प्राप्त गरिसकेको जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ६ : २८ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने