‘इनफ इज इनफ’का अभियानकर्मीको मागमा वरिष्ठ नेता पौडेलको साथ | Khabarhub Khabarhub

‘इनफ इज इनफ’का अभियानकर्मीको मागमा वरिष्ठ नेता पौडेलको साथ


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको रोकथामका लागि प्रभावकारी कदम चाल्न माग गर्दै अनशनमा बसेका ‘इनफ इज इनफ’ अभियानकर्मी ‘ई’ सँग भेट गरेका छन् ।

भेटमा वरिष्ठ नेता पौडेलले मुलुकमा देखिएका सम्पूर्ण समस्याको जड भ्रष्टाचार भएको बताउँदै सरकारको हेलचेक्रयाइँ कार्यका विरुद्ध अभियानमा जुटेका युवाहरुको अभियानमा आफू र आफ्नो पार्टीको साथ रहेको धारणा व्यक्त गरे ।

उनले कोरोना भाइरस सङ्क्रमणको पिसीआर परीक्षण दायरा बढाउन र क्वारेन्टिन व्यवस्थित गर्न माग गर्दै अनशन बस्दा पनि नसुन्ने सरकार अटेरी सरकार भएको टिप्पणी गरे ।

साथै उनले अनसनमा बसेका अनशनकारीको माग सम्बोधनका लागि राज्यले आवश्यक ध्यान नदिएकोप्रति आपत्तिसमेत जनाए ।

अभियानकर्मी ‘ई’ गत १६ दिनदेखि दोस्रो पटक सत्याग्रहमा बसेका हुन् ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ९ : २५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६