सत्याग्रहमा बसेका अभियन्ताहरुको मागमा डा. कोइरालाको समर्थन | Khabarhub Khabarhub

सत्याग्रहमा बसेका अभियन्ताहरुको मागमा डा. कोइरालाको समर्थन


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले काठमाडौंको बसन्तपुर पुगेर सत्याग्रहमा रहेका युवा “ई” को अभियानमा ऐक्यबद्धता जनाएका छन।

सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी कदम नचालेको लगायतका विभिन्न माग राख्दै सत्याग्रहमा बसेका युवाहरुलाई भेटेर उनीहरुको मागमा नेता कोइरालाले समर्थन जनाएका हुन् ।

सत्याग्रहमा बसेका अभियन्ताहरुलाई भेट्न डा. कोइरालासँगै केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे र जिवन परियार पनि पुगेका थिए ।

डा कोइरालाले युवाहरुको अगुवाइमा भएको सत्याग्रहमा आफ्नो पूर्ण समर्थन जनाए। संसद र सडकमा प्रतिपक्षको खोजी भइरहेको समयमा युवाहरुले यस्ता गतिविधि गरेर सरकारलाई खबरदारी गरेकोमा डा कोइरालाले धन्यवाद समेत दिए।

कोइरालाले सत्याग्रहमा युवाहरूले उठाएका माग सम्बोधन गर्न सरकारलाई आफूहरूले आवश्यक दबाब दिने प्रतिवद्धता समेत जनाए।

कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले पछिल्ला दिनमा सत्याग्रह समर्थित युवाहरूप्रति सरकारले गरेको अमानवीय व्यबहार र धरपकडले आफूहरूलाई दुखी बनाएको बताए।

घिमिरेले आफूहरु आन्दोलनरत युवाहरूको माग सँगै रहेको बताउदै उनीहरूलाई एक्लो महसुस नगर्न आग्रह गरे।

अर्का केन्द्रीय सदस्य जिवन परियारले सरकारी रबैया र अराजकताविरुद्ध सत्याग्रह गरेर युवाहरूले अत्यन्तै राम्रो काम गरेको बताए।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ७ : ५२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन