अमिताभ बच्चनको कोरोना रिपोर्ट ‘नेगेटिभ’, अस्पतालबाट डिस्चार्ज | Khabarhub Khabarhub

अमिताभ बच्चनको कोरोना रिपोर्ट ‘नेगेटिभ’, अस्पतालबाट डिस्चार्ज


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता अमिताभ बच्चनको पछिल्लो कोभिड–१९ (कोरोना भाइरस) रिपोर्ट नेगेटिभ आएको छ ।

कोभिड परीक्षणको नजिता नेगेटिभ आएसँगै उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

कोरोना भाइरस संक्रमण देखिएपछि यी ७७ वर्षीय अभिनेता जुलाई ११ मा अस्पतालमा भर्ना भएका थिए ।

अमिताभका छोरा अभिषेक बच्चनले ट्वीट गर्दै बुबाको पछिल्लो रिपोर्ट नेगेटिभ देखिएको र अस्पतालबाट डिस्चार्ज भएको बताएका छन् ।

‘बुबाको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ र अस्पतालबाट डिस्चार्ज गरिएको, उहाँ अब घरमा आराम गर्नुहुनेछ,’ उनले ट्वीट गर्दै भनेका छन् ।

अभिषेकले बुबाको प्राथना र स्वास्थ्यलाभको कामना गर्ने सबै फ्यानलाई धन्यवाद दिएका छन् ।

२३ दिनअघि अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । पछि परीक्षणका क्रममा उनका छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय र नातिनी आरध्या बच्चनमा कोरोना पोजेटिभ देखिएको थियो ।

ऐश्वर्या र आरध्याको कोरोना रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । अभिषेकमा भने पुनः कोरोना पोजेटिभ देखिएको उनले ट्वीटमार्फत जनाएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ६ : १३ बजे

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन