अनसनरत युवाको मागप्रति राप्रपा अध्यक्ष थापाको ऐक्यवद्धता | Khabarhub Khabarhub

अनसनरत युवाको मागप्रति राप्रपा अध्यक्ष थापाको ऐक्यवद्धता


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अनसनरत युवाहरुले उठाएका मागप्रति ऐक्यवद्धता जनाएका छन्।

बिहीबार पाटन कृष्ण मन्दिर पुगेर थापाले युवाहरुले उठाएका मागप्रति आफ्नो समर्थन जनाएका हुन् ।

उनले अनसनरत ‘ई’ लगायत युवाहरुको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै उनीहरुजीवन रक्षा गर्न र उनीहरुका माग पूरा गर्न आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्-  जनसरोकारका मागहरु राखेर अनशन/सत्याग्रहमा बसेका ‘ई’ लगायतका युवाहरुको स्वास्थ्य अवस्था गम्भीर बन्दैछ। युवाहरुको जीवन रक्षामा ध्यान दिन र वार्ताबाट समस्या समाधान गर्न प्रम @kpsharmaoli र सरकारसंग आग्रह गर्दछु।#EnoughIsEnough अभियानमा हाम्रो एक्यबद्धता छ ।

पीसीआर टेस्ट बढाउनुपर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुको सुरक्षाप्रति संवेदनशील रहनुपर्ने लगायतका माग राख्दै उनीहरु केही दिन यता सत्याग्रहमा बसेका छन्।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  १० : ४४ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका