सुर्खेतमा शुक्रबारदेखि लकडाउन थप कडाइ गरिने | Khabarhub Khabarhub

सुर्खेतमा शुक्रबारदेखि लकडाउन थप कडाइ गरिने


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- बन्दाबन्दी (लकडाउन) खुकुलो हुँदा जोखिम बढेको भन्दै सुर्खेतमा शुक्रबारदेखि पुनः कडाइ गरिने भएको छ ।

कोरोना भाइरस ९कोभिड १९० को सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले बन्दाबन्दीलाई पुनः कडाइ गर्ने निर्णय गरेको हो ।

बन्दाबन्दी खुकुलो भएयता प्रदेश राजधानी वीरेन्द्रनगरमा चहलपहल निकै बढेको थियो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले शुक्रबारदेखि पसलहरू खुला गर्ने समय तथा सवारीसाधन सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो ।

बैठकले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र पसल व्यवसाय खोल्न पाइने, अटो रिक्सालगायतका तीन पाङ्गे्र सवारी साधनमा रोक लगाइने, जोरबिजोर प्रणालीअनुसार मात्रै सवारीसाधन सञ्चालन गर्न पाइनेलगायतका निर्णयहरु गरेको छ ।

कोरोना भाइरस ९कोभिड १९० रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि सरकारले बन्दाबन्दी गरेको थियो । लामो समय बन्दाबन्दी हुँदा जनजीवन प्रभावित भएको, सर्वसाधारणमा असन्तुष्टि बढेको र उल्लङ्घन हुन थालेको भन्दै सरकारले यही असार १ गतेबाट लकडाउनलाई खुकुलो बनाएको थियो ।

जिल्लाको हकमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले अवस्था हेरी लकडाउनलाई कडाइ वा खुकुलो गर्नसक्ने भनिएका कारण सुर्खेत प्रशासनले जोखिमलाई मध्यनजर गरी कडाइ गर्ने नीति लिएको हो । सुर्खेतमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या ३५४ पुगेको छ । त्यस्तै, ट्राभल हिस्ट्री नभएका समुदायस्तरका २४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । प्रदेशको सङ्क्रमण धेरै हुने जिल्लामा सुर्खेत दोस्रोमा पर्दछ ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैङ्कका कर्मचारी, क्वारेन्टिनमा खटिएका व्यक्ति र समुदायका व्यक्तिहरूमा सङ्क्रमण फैलिएकाले लकडाउनमा कडाइ गर्नुपरेको बताए। “भीडभाड बढेपछि सङ्क्रमणको जोखिम देखियो, साँझमा अलि धेरै भीडभाड हुने र सावधानी पनि अपनाइएको पाइएन,” प्रजिअ रेग्मीले भने, “समुदायस्तरका व्यक्तिहरूमा पनि कोरोना सङ्क्रमण देखिएकाले थप सतर्कता अपनाउन जरुरी छ ।”

प्रजिअ नेतृत्वको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थान केन्द्रले शुक्रबारदेखि तरकारी, फलफूल, दुग्धजन्य, ग्यास, औषधिलगायका अत्यावश्यक सेवा बाहेकका पसलहरू बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मात्रै खुला गर्ने निर्णय गरेको छ । अत्यावश्यक बाहेकका पसल कम्तीमा हप्तामा एक दिन बन्द गर्नुपर्नेछ । होटल, रेष्टुराँलगायतका खाजा–नास्ता पसल, सैलुन तथा ब्यूटीपार्लर पूर्णरुपमा बन्द गर्नुपर्नेछ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ७ : १४ बजे

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन