कोरोनाको पारदर्शीतामा सी चीनफिङको खोक्रो प्रतिबद्धता : माइक पोम्पेओ | Khabarhub Khabarhub

कोरोनाको पारदर्शीतामा सी चीनफिङको खोक्रो प्रतिबद्धता : माइक पोम्पेओ


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चिनियाँहरुले आफ्नो प्रतिबद्धतालाई पूरा नगरेको भन्दै आलोचना गरेका छन् ।

चीन-अफ्रिका सम्मेलनमा चीनले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणमा लिएको विषयलाई पारदर्शी ढंगले बताउने प्रतिबद्धता गरे पनि सो विषयमा असफल भएको विदेशमन्त्री पोम्पेओले बताएका हुन् ।

उनले चीनबाट शुरु भएको कोरोना भाइरसबाट विश्वमा चार लाख मानिसहरुको मृत्यु भइसकेको उल्लेख गर्दै राष्ट्रपति सी जिनपिङ आफ्नै प्रतिबद्धतामा असफल भएकोभन्दै आलोचना गरेका हुन् ।

उनले राष्ट्रपति सी चीनफिङ र चिनियाँ कम्युनिस्ट पार्टीले मानिसको जीवनलाई प्राथमिकतामा नराखेको उल्लेख गर्दै कोरोनासम्बन्धीको वास्तविकतालाई चीनले लुकाएको आरोपसमेत लगाएका छन् ।

उनले भने, “गत साताको चीन-अफ्रिका सम्मेलनमा हामीले खोक्रो प्रतिबद्धताहरु मात्रै सुन्यौं । राष्ट्रपति सीले सधैं आफूले मानिसको जीवनलाई अग्रपंक्तिमा राखेर काम गरिरहेको बताएका थिए । तर, उनी वास्तविक पारदर्शीता र जीम्मेवारी लिन चुकेका छन् ।”

उनले मानिसको जीवन प्राथमिकतामा राख्‍ने बताए पनि विश्वमा लाखौं मानिसहरुको मृत्यु भइसक्दा पनि घातक कोरोना भाइरसको वास्तविकताका बारेमा नखलाएको राष्ट्रपति सीप्रति आक्रोश व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभर कोरोना भाइरस फैलाएको जिम्मा चीनले लिनुपर्ने बताउँदै आएका छन् । विदेशमन्त्री पोम्पेओले पनि यसलाई ‘चिनियाँ भाइरस’ को संज्ञा दिएका छन् ।

पोम्पेओले अमेरिका कोरोनाको चुनौती सामना गर्नका लागि अफ्रिकासँगै उभिने र जनस्वास्थ्यका क्षेत्रमा एक सय बिलियन अमेरिकी डलर सहयोग गरेकोसमेत बताएका छन् ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  ५ : १० बजे

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।